पोखरा, २० चैत । महाकाव्यकार माधव वियोगीद्वारा लिखित ‘योगमाया’ महाकाव्य लोकार्पण भएको छ ।
इलाम बजारमा शनिबार आयोजित एक समारोहमा प्रमुख अतिथि वरिष्ठ समालोचक प्राडा गोपाल भण्डारीले उक्त महाकाव्य लोकार्पण गरेका हुन् ।
छन्द बचाऔ र महाकाव्यलेखन अभियानमा सक्रिय वियोगीले योगमाया महाकाव्यमार्फत योगमायालाई उच्च सम्मान गर्दै नारी जातिको शक्ति अद्भूत हुन्छ भन्ने सन्देश दिएको प्राडा भण्डारीले बताए। उनले नेपालमा महाकाव्य लेखनमा आएको लहरमा महाकाव्यकार वियोगीको भूमिका महत्वपूर्ण रहेको बताए।
महाकाव्यको टिप्पणी गर्दै समालोचक गायत्रीकुमार चापागाईंले योगमाया महाकाव्यले क्रान्तिकारी नारी योगमाया न्यौपानेको जीवनगाथा र योगदानलाई विशिष्ट भाषा र शैलीका माध्यमबाट प्रस्तुत गरेको बताए। उनले महाकाव्य छन्द प्रयोग र विषयगत गहनताका दृष्टिले पनि उत्कृष्ट रहेको बताए।
महाकाव्यकार माधव वियोगीले योमायाको योगदानलाई विश्वव्यापी बनाउने उद्देश्यले आफूले कृतिमा महाकाव्यको नायक बनाएको जानकारी गराए। उनले देशमा आएको हालको परिवर्तनको बाहक योगमाया नै भएको ठोकुवा समेत गरे। उनको यो आठौं प्रकाशित महाकाव्य हो । उनले हरेक वर्ष कम्तीमा एक महाकाव्यको रचना गर्ने घोषणासमेत गरे।
सो महाकाव्य योगमाया स्मृति सम्मान पुरस्कार कोषका लागि कविता चापागाईंले प्रकाशित गरेकी हुन्।
सो अवसरमा साहित्यिक पत्रकारद्वय देवी पन्थी, देवी क्षेत्री दुलाल र षडानन गुरुकुल वेदाश्रमलाई यमुनावी वैजनाथ भट्टराई पुरस्कार प्रदान गरियो।
यमुनादेवी वैजनाथ स्मृति पुरस्कार प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रममा साहित्यकार नवराज घिमिरे, देवी पन्थी, देवी दुलाल, विमल वैद्य, गोविन्द चापागाईं, मात्रिका संग्रौला, नूरज भट्टराई, रामप्रसाद गुरागाईं लगायलले शुभकामना मन्तव्य राखेका थिए।
प्रतिष्ठान अध्यक्ष कविता चापागाईंको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मालिका निरौला र सञ्चालन दिवाकर भण्डारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
समता काव्य सन्ध्यामा छन्द कविता वाचन
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
‘छाइल’ उपन्यासमाथि विमर्श
hero news full width
मुख्य समाचार
धनराज र मञ्जु जीत नजिक
पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९