पोखरा, २४ चैत । जुत्ता व्यवसायी संघ कास्कीको शनिबार सम्पन्न प्रथम साधारणसभा तथा प्रथम अधिवेशनले पवित्रबहादुर नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमिति उपाध्यक्ष वेदप्रसाद ढकाल, महासचिव मोहनराज पौडेल, सचिव हरिश्चन्द्र तिवारी, कोषाध्यक्ष कोपिला पौडेल, सदस्य गणेश नेपाली, चन्द्रप्रकाश बञ्जरा, लिलाम्बर सुवेदी र रामकृष्ण डुनुराई छन् ।
यसअघि साधारणसभा उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले व्यवसायलाई दीगो बनाउन उपभोक्ताको मन जित्नुपर्नेमा जोड दिए ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका अध्यक्ष केशवबहादुर खत्रीले पोखरा प्रदेश ४ को राजधानी भएकाले व्यवसायमैत्री कानून बनाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । साँघुमुख व्यवसायी संघका अध्यक्ष रामेश्वर अधिकारीले व्यवसायिक हितका लागि सबै मिलेर अघि बढ्नुपर्ने औल्याए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सदस्य प्रेम भुजेल, डिबि भुजेल, विशाल बजार व्यापार एशोसिएसनका सचिव बुद्विबहादुर कुँवर, मदिरा व्यवसायी संघ कास्कीका अध्यक्ष तारानाथ ढुङ्गाना, कस्मेटिक व्यवसायी संघका अध्यक्ष जगदिश अधिकारी, कपडा व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष लक्ष्मण न्यौपाने, सर्वेश्वर व्यवसाय समितिका अध्यक्ष सन्तोष पौडेल, संघका सल्लाहकार दुर्गा सुवेदी, मिलन नेपाली, सदस्यहरुको तर्फबाट तामलाल घिमिरेले बोलेका थिए ।
साधारणसभाले महासचिव मोहनराज पौडेलले प्रस्तुत गरेको वाषिर्क र कोषाध्यक्ष कोपिला पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
जुत्ता व्यवसायी संघ कास्कीका अध्यक्ष पवित्रबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार एकनारायण पनेरुले स्वागत, महासचिव मोहनराज पौडेल र कोषाध्यक्ष कोपिला पौडेलले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९