१० नाटक मञ्चनसहित सकियो नाटक महोत्सव

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७४
natak

पोखरा, १५ चैत । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय नाटक महोत्सव एकल नाटक मञ्चनसँगै बिहीबार समापन भएको छ । सो अवसरमा महोत्सव अवधिभर मञ्चित नाटकको समीक्षा पनि गरिएको थियो ।

पोखरा थिएटरमा भएको महोत्सवमा मञ्चित नाटकहरुको समीक्षामा लेखक गनेस पौडेलले टिकट काटेर आएका दर्शकलाई कलाकारले पूर्ण प्रस्तुति दिनुपर्नेमा जोड दिए । मुस्कुराउनु र हास्नुको भेदमाथि प्रकाश पार्दै पौडेलले नाटकले दर्शकलाई मुस्कुराउन प्रेरित गर्न सक्नुपर्ने बताए । महोत्सवमा मञ्चित केही नाटक प्राविधिक दृष्टिले ठीकै लागे पनि धेरैले सुधार गर्नुपर्ने निष्कर्षले उनले प्रस्तुत गरे ।

डा सचिन घिमिरेले नाट्य परम्परामा परिवर्तन गर्न नसकिएकोप्रति नाट्यकर्मीहरुको ध्यानाकर्षण गराए । उनले भने, ‘हाम्रा नाटकहरु प्रगतिका नाममा सक्रियतावादबाट माथि उठ्नु जरुरी छ ।’ महोत्सवमा मञ्चित नाटकमध्ये केहीमा आधारभूत र केहीमा उच्चस्तरका कमजोरी भए पनि यत्तिको महोत्सव हुनु सकारात्मक भएको घिमिरेको भनाइ थियो ।

कलाकार प्रकाश घिमिरेले सीमित स्रोत र साधनका बाबजुद पनि नेपाली रङ्गकर्मीहरुले गरेको प्रयास प्रशंसनीय रहेको भनाइ राखे । पोखरा पनि नाटकका लागि उत्कृष्ट थलो बन्न सक्छ भन्ने प्रमाण महोत्सवमा ४ ओटा पोखराको मात्रै नाटक मञ्चन हुनुले प्रमाणित गरेको उनले दावी गरे ।

समीक्षात्मक बहसको सहजीकरण र्‍याण्डम रिर्र्डस सोसाइटी अफ् नेपालका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले गरेका थिए । प्रतिष्ठानका कुलपति सरुभक्तले प्रतिष्ठानले आगामी दिनमा अझै व्यवस्थित ढङ्गले महोत्सव आयोजना गर्ने बताए ।  अन्तर्राष्ट्रिय नाटक महोत्सवमा पुग्न सक्ने नाटकहरु यही ठाउँबाट उत्पादन हुने विश्वास सरुभक्तको थियो । पोखरा थिएटरका अध्यक्ष परिवर्तनले पोखरामा नाट्य संस्कृतिको विकासमा महोत्सवले टेवा दिने विश्वास व्यक्त गरे ।थिएटरलाई निरन्तरता दिन सबैको साथ र सहयोग आवश्यक पर्ने बताए ।

सञ्चारकर्मी रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा महोत्सवका संयोजक पुष्कर गुरुङले महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

सोही अवसरमा प्रियङ्का झाको लेखन, निर्देशन र एकल अभिनय रहेको मैथिली भाषाको नाटक ‘कथा नही भेटल’ मञ्चन गरिएको छ । महोत्सवको तालिकाबाहिरको विशेष प्रस्तुतिका रुपमा मञ्चित नाटकलाई दर्शकले निकै मन पराएका थिए ।

चैत ८ देखि १४ गतेसम्म भएको महोत्सवमा ‘पानीघट्ट’, ‘नारी शिक्षा’, ‘चाँदीको घेरा’, ‘एक चिहान’, ‘थाङ्गला’, ‘एन्टिगोनी’, ‘सान्नानीको सन्ते राजा’, ‘जयगान’, ‘भर्जिन  कथा’ र ‘सखी’ सहित १० नाटक मञ्चन गरियो ।

महोत्सवका अवसरमा नाटक मञ्चनका अलावा पोखराको नाटकको अवस्था र अबको बाटो, चलचित्र र रङ्गकर्म तथा समीक्षात्मक बहससमेत चलाइएको थियो ।

Related News

सम्बन्धित समाचार

  • बंगलादेशमा घन्कियो रेशम फिरिरी …

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा ।  बंगलादेश–नेपालको कुटनीतिक सम्बन्ध स्थापनाको सन्दर्भमा नेपाली कला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भएको छ । फागुन ३० देखि चैत…
  • ‍‍‍‍‍‌‌‌… अनि दुर्गा बराल बने वात्स्यायन‍‍‍

    रूपनारायण ढकाल चैत्र ४, २०७९
    पोखरा ।  नेपाली चित्रकलाजगत्का शीर्षस्थ प्रतिभा कलाकार दुर्गा बराल ‘वात्स्यायन’ आजदेखि ८१ वर्षमा प्रवेश गरेका छन् । चित्रकलाका यीनै हस्ती…
  • वात्स्यायनको अभिनन्दन तथा रथारोहण

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०७९
    पोखरा । कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार नागरिक अभिनन्दन तथा रथारोहण भएको छ ।  पोखरेली कलाकार वात्स्यायनको सम्मानमा …
  • देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण

    आदर्श समाज सम्वाददाता फागुन २७, २०७९
    पोखरा । साहित्यकार देवेन्द्र केसी ‘देवु’ को अव्यक्त पीडा (मुक्तक संग्रह) र दोषी नजर (गीति एल्बम) शुक्रबार लोकार्पण भयो ।…
  • रत्नमानको ३ भाषाको पुस्तक

    आदर्श समाज सम्वाददाता फागुन २१, २०७९
    पोखरा । शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् । उनको पहिलो कृति ‘भाषा, व्याकरण…

hero news full width