पोखरा, १५ चैत । ग्रामीण क्षेत्रलाई महत्वपूर्ण कार्यक्षेत्रका रुपमा लिएको मुक्तिनाथ विकास बैंकले सल्यान जिल्लामा एकैसाथ ३ शाखा विस्तार गरेको छ । बैंकले सल्यानको थारमारे, लुहाम र श्रीनगरमा शाखा विस्तार गरेको हो ।
बुधबार त्रिवेणी गाँउपालिका वडा ६, लुहामस्थित लुहाम शाखाको समुद्घाटन त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले गरे ।
प्रमुख अतिथि डाँगीले यस क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न वित्तीय संस्थाको उपस्थिति बढ्नु खुशीको कुरा भएकोले लुहामबासीको सदैव साथ र सहयोग रहने बताए ।
लुहाम बजार व्यवस्थापन समिति अध्यक्ष खिमबहादुर रावतले बंैकको सफलताको शुभकामना सँगसँगै आफ्नै आँगनमा आएको सस्थालाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उता, बागचौर नगरपालिकामा २ मा रहेको थारमारे शाखा कार्यालयको समुद्घाटन बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले गरे ।
उनले त्यस क्षेत्रमा कृषि पर्यटनको विकासका लागि वित्तीय संस्थाको उपस्थिति बढ्नु खुशीको कुरा भएकोले सल्यानबासीको सदैब साथ र सहयोग रहने बताए ।
यता, शारदा नगरपालिका वडा १ मा रहेको श्रीनगरमा पनि शाखा विस्तार गरेको छ । शाखा समुद्घाटन गर्दै शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले बैंकले सल्यान जिल्लामा ३ वटा शाखा विस्तार गरी जनतालाई स्तरीय सेवा प्रदान गरेकोमा खुसी गरे ।
कार्यक्रममा सल्यान जिल्ला प्रशासन प्रमुख प्रमानन्द घिमिरे, उद्योग वाणिज्य संघ अध्यक्ष वीरबहादुर चलाउने र छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी लगायतले बोलेका थिए । सबै कार्यक्रमको अध्यक्षता बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले गरेका थिए भने स्वागत बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले गरेका थिए । सल्यान जिल्लामा ३ वटा शाखा हुने बैंक मुक्तिनाथ विकास बैंक मात्र हो ।
यसअघि बैंकले बुधबारमात्र दाङको तुल्सीपुर उपमहानगरपालिकामा शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन दाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले उद्घाटन गरे।
प्रमुख अतिथि केसीले त्यस क्षेत्रमा वित्तीय संस्थाबीच प्रतिस्पर्धा धेरै भए तापनि यस विकास बैंकको सेवा र वित्तीय आँकडा राम्रो देखिएकोले सबैले खाता खोली कारेाबार गर्न अनुरोध गरे।
कार्यक्रममा तुलसीपुरकी उपमेयर माया शर्मा आचार्य, निवर्तमान मेयर ढुण्डीराज लामिछाने, तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे, रेडियो तुलसीपुरका समाचार सम्पादक सुशील बस्नेत, समाजसेवी शेशुराम भण्डारी, प्रजातान्त्रिक उद्योग वाणिज्य संघका अध्यक्ष जनक खराल लगायतले बोलेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९