पोखरा, ११ चैत। पोखरा जन्मथलो तथा कर्मथलो भएका गायिका आबद्ध हामोर्नी द मोर्डन सङस्ट्रेस अफ पोखराले पहिलो महिला संगीतकार एवं गायिका शान्ति ठटाल, प्राज्ञ हरिदेवी कोइराला र उषा शेरचनलाई सम्मान गरेको छ ।
पोखरामा टेस्ट अफ हामोर्नी शीर्षकको सांगीतिक कार्यक्रम आयोजना गरी नेपाली सांगीतिक क्षेत्रका तीन हस्तीलाई आइतबार अभिनन्दन तथा सम्मान गरिएको हो । जसमा ठटाललाई अभिनन्दन तथा कोइराला र शेरचनलाई सम्मान गरियो ।
प्रमुख अतिथि वरिष्ठ संस्कृतिकर्मी चेतन कार्की, आयोजक हामोर्नी अध्यक्ष इतु जोजिजु, प्राज्ञ तीर्थ श्रेष्ठ, कार्यक्रम प्रस्तुतकर्ता द मुगलान रेष्टुरेन्ट सञ्चालक राजमान थकाली, हामोर्नी संरक्षक प्रकाश सायमीले उनीहरुलाई मायाको चिनोसहित दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरे ।
अग्रज गायिका ठटालबारे साहित्यकार, वरिष्ठ सञ्चारकर्मी एवं चलचित्र निर्देशक प्रकाश सायमीले परिचय दिए भने सम्मानित व्यक्तित्वद्वयको व्यक्तित्व चर्चा साहित्यकार सरस्वती प्रतीक्षाले गरिन् । बर्त गर्न्धर्व, महिला सांरगी बाधकलाई हामोर्नी प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
सम्मानित व्यक्तित्व संगीतकार ठटालले नेपाली गीतसंगीतमा महिलाको सहभागिता वृद्धि भैरहँदा आफूलाई खुशी लागेको र महिलाको सक्रियतामा स्थापना भएको सांगीतक संस्थाले आफूलाई सम्मान गर्दा गौरव महसुस भएको बताइन् ।
व्यक्ति परिचय दिँदै सायमीले नेपाली संगीतको बारेमा आफूले सबैभन्दा पहिले ‘बागीना’मा प्रकाशित ठटालकै लेख पढेको बताउँदै शान्ति ठटालले नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर जति गरे पनि कम हुने बताए ।
प्रताप सुब्बाद्वारा निर्देशित ‘ब्लाक एण्ड हृवाईट’ चलचित्र परालको आगोका संगीतकार ठटाले अर्को चलचित्र ‘बाँच्न चाहनेहरु’मा पनि संगीत दिएका बताउँदै ती दुर्इ चलचित्र सांगीतिक रुपमा सफल भएको बताए । उनले ठटाल नेपाली सांगीतिक क्षेत्रका धरोहर रहेको बताए ।
प्रमुख अतिथि कार्कीले पोखराको शान फेवाताल र माछापुच्छ्रेमात्रै नभएर यहाँको कला संस्कृति पनि रहेको बताए ।
सो अवसरमा गायिका इतु जोजिजु, अजुदा थापा, रुबी गौली, रजनी रिदम राई, ऋतु लामा, कौशल्या गुरुङ, बबि सुनार, शीतल थापा, मितु पल सिंह, मालती गुरुङ, प्राप्ति तुलाचन, आँचल लामा, मुस्कान रानाभाट लगायतले नयाँ तथा पुराना गीत सुनाए ।
उनीहरूले पुराना स्रष्टाका गीतका अतिरिक्त आफ्ना मौलिक गीतहरू सुनाउँदै वातावरण गुञ्जायमान बनाएका थिए ।
पोखरा सभागृहमा शनिबार भएको कार्यक्रममा सहभागिता जनाउन ५ सय तथा १ हजार रुपैयाँको टिकट व्यवस्था गरिएको थियो । कार्यक्रम सञ्चालन सञ्चारकर्मीद्वय सञ्जय मल्ल र कञ्चन थापाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सिर्जनशीलमा ‘डरको राजनीति’ बारे अन्तक्र्रिया
कास्कीकाे चापाकोट देउराली महोत्सव तयारी
लेखनाथ साहित्य प्रतिष्ठानमा पद्मराज ढकाल
अलि मियाँ प्रतिष्ठानमा नयाँ कार्यसमिति
पोखरेली युवा सांस्कृतिक परिवारमा सामूहिक साहित्यिक जयन्ती
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९