पोखरा, ११ चैत । कास्की जिल्ला टेनिस संघको आयोजना तथा मेसुका स्पोर्टस्को संयोजनमा भएको मेसुका कप मन्थ्ली टेनिस प्रतियोगिताको उपाधि धरमबहादुर लामिछाने जितेका छन।
पोखरा रंगशालामा आइतबार भएको फाइनलमा उनले गोपीबहादुर भट्टराईलाई ६-४ र ६-३ को सहज सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । योसँगै उनले प्रतियोगिताको अघिल्लो संस्करणमा व्यहोरेको पराजयको बदला समेत लिए । साविक विजेता भट्टराईले अघिल्लो संस्करणमा लामिछानेलाई नै फाइनलमा सुपरर्टाईमा पराजित गर्दै उपाधि जितेका थिए।
विजेतालाई प्रदेश ४ का प्रहरी प्रमुख नेपाल प्रहरीका एआइजी कमलसिंह बम, जिल्ला प्रहरी कास्कीका कार्यालयका प्रमुख अशोक सिंह, भारतीय पेन्सन क्याम्पका कर्णेल प्रतीक शर्मा लगायतले पुरस्कार वितरण गरे। प्रतियोगिता संयोजक मेसुका स्पोर्टस् सञ्चालक राजु गुरुङले प्रतियोगितामा सहभागी खेलाडीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
आयोजक संघ कास्कीका अध्यक्ष विनोद कायस्थले प्रतियोगिता संयोजन गरेकोमा मेसुका स्पोर्टसका प्रबन्ध निर्देशक देवी गुरुङलाई आभार व्यक्त गरे।
Related News
सम्बन्धित समाचार
क्युपेकमा सेभन ए साइड फुटबल प्रतियोगिता
गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन
टाइगरकप भलिबल : घरेलु टोली गण्डकी र एपिएफ उपाधिका लागि भिड्ने
सहारा एकेडेमीलाई सहयोग
टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९