पोखरा, ११ चैत । सनराइज बैंक लिमिटेडले बचतकर्ताको लागि स्वास्थ्य तथा दुर्घटना बिमा योजना कार्यक्रम सार्वजनिक गरेको छ।
हरेक बचतखाताको बचतकर्तालाई डबल सुरक्षा हुने गरी योजना ल्याइएको बैंकका पोखरा शाखाका प्रबन्धक नितेश रेग्मीले बताए। स्वास्थ्य बिमा सुविधाअन्तर्गत खातामा भएको ३ सय ६५ दिनको भारित औषत निक्षेपको २५ प्रतिशत वा बिल रकममध्ये जुन रकम न्यून हुनेछ सो रकम एक लाखले नबढ्ने गरी दाबी गर्न सकिने व्यवस्था छ।
बचत खाताका ग्राहकले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बिमा सुविधाको उपयोग गर्न पाउने शाखाकी मार्केटिङ अफिसर श्रीला श्रेष्ठले जानकारी दिइन्।
‘तपाईको बचत तपाईकै सुरक्षामा’ नारा सहित बैंकले ल्याएको बिमा कार्यक्रम प्रभावकारी हुने बताउँदै बैंकका उज्ज्वल घिमिरेले बचतकर्ता यस योजनाबाट लाभान्वित हुने जनाए।
स्वास्थ्य उपचार बिमा सुविधा प्राप्त गर्न बैंकले शर्त समेत अघि सारेको छ। बचतखातका बचतकर्ता यस सुविधाको योग्य हुने, बचतकर्ता स्वयंले मात्रै यो सुविधा प्राप्त गर्ने, बचतकर्ताको परिवारजनलाई भने यो सुविधा नपाउने, प्रत्येक बचतकर्ताले वर्षको एकपटक स्वास्थ्य उपचार बिमा दाबी गर्न पाउने, बचतकर्ताले खाता खोलेको पहिलो दिनबाटै यो सुविधाको उपोग गर्न पाउने बैंकले जनाएको छ।
बिमा दाबी गर्न बैंकले रोग वा उपचार र प्रकृतिको बारेमा पनि शर्त लागू गरेको छ। दुर्घटना बिमा सम्बन्धमा बचतकर्ताको मृत्यु वा स्थायी प्रकृतिको अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको चार गुणा क्षतिपूर्र्ति उपलब्ध गराइने बैंकले जनाएको छ।
बचतकर्ताले स्वास्थ्य बिमा दाबि गर्न बैंकले सम्बन्धन लिएका अस्पतालबाट मात्रै सुविधा लिनुपर्ने जनाइएको छ। स्वास्थ्य बिमाको लागि बैंकले शिखर इन्स्योरेन्ससँग सहकार्य गरी योजना सार्वजनिक गरेको हो।
Related News
सम्बन्धित समाचार
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
बुद्ध विशाल बजार एसोसियसनको सभा
पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने
१ करोडमा माछापुच्छ्रे मिनी मार्ट
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९