पोखरा, ११ चैत । पोखराका गजलकार मन क्षेत्री र नेपालगञ्जका हुकुम धड्कनले पोखरामा शनिबार गजलको मेहफिल जमाए ।
उनीहरुको गजलले हिमालयन रिर्र्डस कर्नरको हलमा दर्शकको धड्कनमात्रै बढाएन, ताली र वाहवाहीको वषा नै ल्याइदियो।
गजल सन्ध्या पोखराले विशेष गजल वाचन नाम दिएर दुर्इ गजलकारलाई एउटै मञ्चमा उभ्याएको थियो। सन्ध्याले महिनाको तेस्रो शनिबार गर्दै आएको नियमित वाचनको १ सय ७७ औं शृंखलामा मन र हुकुमलाई विशेष गजल वाचनको रुपमा पोखरेली पारखीसामु प्रस्तुत गरेको हो।
गजलकार घड्कनले पोखरेली र आसपासका ठाउँबाट गजल सुन्न पुगेका पारखीको मन जिते। शुरुमै गजल वाचनमा खरो उत्रिएका हुकुमले कार्यक्रम अवधिभर दर्शकको मन जिते।पोखरेली दर्शकसामु परिचित गजलकार मनले गजलका नयाँ-नयाँ शैली र स्वादका गजल पस्िकएर मन जिते। उनले सामाजिक विसंगति, मानवीय संवेदनालाई गजलमार्फत सुनाए। राजनीतिक खिचातानी, देशको पछौटेपन, वेरोजगारी र प्रेमलाई गजलका शेरमार्फत सुनाउँदा मनले दर्शकको पनि मन जिते। मनले गजलमार्फत घरि भावुक बनाए, घरि हास्योको फोहोरा छुटाए। घरि देश, माटो र राजनीतिक परिस्थित्रि्रति गम्भीर बनाए।
खेती योग्य जमिन कंक्रिटको जंगल बन्दै गएको र मानवीय अतिक्रमणले खुम्चिँदै गएकोप्रति उनले गजलका शेरमार्फत व्यंग्य गर्दा दर्शकले तालीले थप उत्साही बनाए। १०/१० गजल वाचन गर्न मञ्चमा उक्लेका मन र धड्कनले दर्शकको आग्रहले थप गजल नसुनि धरै पाएनन्। सन्ध्याका अध्यक्ष अमृत सुवेदीले यस श्रृंखलासम्म आइपुग्दा गजल सन्ध्याले गजलको राजमार्गलाई फराकिलो बनाउँदै आएको बताए।
Related News
सम्बन्धित समाचार
सिर्जनशीलमा ‘डरको राजनीति’ बारे अन्तक्र्रिया
कास्कीकाे चापाकोट देउराली महोत्सव तयारी
लेखनाथ साहित्य प्रतिष्ठानमा पद्मराज ढकाल
अलि मियाँ प्रतिष्ठानमा नयाँ कार्यसमिति
पोखरेली युवा सांस्कृतिक परिवारमा सामूहिक साहित्यिक जयन्ती
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९