पोखरा, ८ चैत । मिडिया इन्टरनेशनलको आयोजनामा पोखरामा बैकिङ बिमा एक्स्पो हुने भएको छ । बैकिङ सूचना प्रवाह गर्ने तथा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा यही चैत ११ र १२ गते बैकिङ बिमा एक्स्पो हुने वित्तीय जागरण राष्ट्रिय अभियानले जनाएको छ । सर्वसाधारणमा बैकिङ पहुँच बढाउँदै बैंकबाट कर्जा लिएर उद्यमशीलताको विकास गर्न समेत एक्स्पो प्रभावकारी हुने आयोजकको विश्वास छ ।
अभियान संयोजक माधव निदोर्षले बैकिङ क्षेत्रको पहुँचमा नरहेकालाई सेवा दिएर स्वदेशमा उद्यमशीलताको प्रबर्द्धन गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य हुने बताए । साथै बिमाको विकास, बिस्तार तथा बिमाको आवश्यकता र महत्वबारे एक्स्पोमार्फत आमनागरिकले सही सूचना पाउने आयोजकले जनाएको छ ।
नेपाल राष्ट्र बैंक पोखराका कामु निर्देशक तिलबहादुर गुरुङले अझै पनि ६० प्रतिशत बढी नागरिक बैकिङ पहुँच बाहिर रहेको जनाउँदै चेतनाको अभाव रहेकोले घरमै पैसा थुपार्ने गरेको बताए । उनले एक्स्पो प्रभावकारी हुने बताए ।
डेभलपमेन्ट बैर्ंकर्स एशोसिएसनका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद ढकालले वित्तिय सेवाको पहुँच रहेको अवस्थामा आमनागरिकमा बैकिङ सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । डेभलपमेन्ट बैर्ंकर्स एशोसिएसनका सचिव तथा गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङ लगायतले एक्स्पो मार्फत वित्तीय सचेतना फैलाउनुपर्नेमा जोड दिए ।
एक्स्पोमा विभिन्न बैंक तथा वित्त र बिमा कम्पनीको सूचनामूलक स्टल रहनेछन् । साथै बैकिङ लगानी, कर्जा, उद्यमशीलता, बैकिङ तथा बिमा टेक्नोलोजी एवं बिमाको महत्वका विषयमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।
यसअघि, काठमाडौ र इटहरीमा भैसकेको एक्स्पो पोखरामा भने पहिलो पटक हुँदैछ । मिडिया इन्टरनेश्नलको आयोजना, नेपाल राष्ट्र बैंकको प्रबर्द्धन तथा बिमा समितिसँगको साझेदारीमा हुने कार्यक्रमलाई नेपाल बैर्ंकर्स संघ, डेभलपमेन्ट बैर्ंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र माइक्रो फाइनान्स बैर्ंकर्स एशोसिएसनले सहयोग गर्नेछन् । कार्यक्रम सञ्चालन सञ्चारकर्मी कञ्चन थापाले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
नेउवा संघ चुनावमा महासंघ गण्डकी प्रदेशको समर्थन अञ्जन श्रेष्ठलाई
सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा
आलु महोत्सव लक्षित सरसफाइ
वित्तीय साक्षरता मार्गदर्शन जारी
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
चैत्र १९, २०७९स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९