‘यो आँखाको के भर’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७४

पोखरा, २६ फागुन । चलचित्रका गीतबाट लोकप्रियताको शिखर चुमिरहेका गायक, गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द तथा संगीत निर्देशनमा सुगम संगीतमा आधारित आधुनिक गीतको एउटा रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ।

पोखराका गायक रोशन गुरुङको स्वरमा रेर्कर्ड भएको ‘यो आँखाको के भर भन्ने शीर्षकको गीतको म्यूजिक भिडियो बूढासुब्बा डिजिटलको युट्युब च्यालनबाट सार्वजनिक भएको हो। गीतका शब्द शिवाकोटीसहित हरिहर आचार्यले पनि रचना गरेका हुन्। सहस शाक्यले उक्त गीतमा संगीत संयोजन गरेका छन्।

अर्जुन अधिकारीको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा गायक रोशन गुरुङ आफैले अभिनय गरेका छन्। पोखरामा छायांकन गरिएको म्यूजिक भिडियोमा सुन्दर अभिनेत्री सारा शिर्पालीले गायक गुरुङलाई अभिनयमा साथ दिएकी छिन् । सरोज अधिकारीले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्। झण्डै ५ वर्षपछि पुन रोशन गुरुङ पुनः दर्शकमाझ आएका हुन्।

Related News

सम्बन्धित समाचार

    • नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ

      आदर्श समाज सम्वाददाता वैशाख २२, २०७९
      पोखरा, २२ वैशाख । नेकपा एमालेका उम्मेदवार जिताउन एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ कास्की जिल्ला कमिटीले रचनात्मक सांस्कृतिक कार्यक्रमसहित…
    • ‘छाइल’ उपन्यासमाथि विमर्श

      आदर्श समाज सम्वाददाता वैशाख १९, २०७९
      काठमाडौं । सुदूरपश्चिमका चर्चित कवि लोकराज भट्टको पहिलो उपन्यास ‘छाइल’ले डोट्याली सभ्यतालाई नेपाली साहित्यको मुलधारमा प्रवेश गराएको टिप्पणी गरिएको छ…
    • प्रतिबिम्बन कथासंग्रह लोकार्पण

      आदर्श समाज सम्वाददाता वैशाख १२, २०७९
      हेमजा । भाषा, साहित्य र अनुसन्धान कार्यमा संलग्न विष्णुप्रसाद शर्माको आठौं कृति प्रतिबिम्बन कथासंग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक…
    • शुक्ला साहित्यद्वारा ३ स्रष्टालाई पुरस्कार

      आदर्श समाज सम्वाददाता वैशाख ११, २०७९
      पोखरा । शुक्ला साहित्य प्रतिष्ठानले शनिबार ३ जना स्रष्टालाई पुरस्कार अर्पण गरेको छ । प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा ज्ञानु राणा, डा.…
    • कवि रीता अधिकारी ’ऋतु’ को सेल्फ पोट्रेट लोकार्पण

      आदर्श समाज सम्वाददाता वैशाख ११, २०७९
      पोखरा । कवि रीता अधिकारी ’ऋतु’ को कविता संग्रह ‘सेल्फ पोट्रेट’ शनिबार पोखरामा लोकार्पण गरिएको छ । साहित्यकारद्वय सरुभक्त र…

    hero news full width