वोटल वाटर उद्योग संघको अन्तरक्रिया

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७४
Bottle Water

पोखरा, २१ फागुन।नेपाल वोटल वाटर उद्योग संघ प्रदेश नं. ४ कास्कीको आयोजनामा वनभोज तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ। संघमा आवद्ध पानी उद्योगी र डिलरहरुबीच पारस्परिक सम्बन्ध प्रगाढ राख्न र वजारमा शुद्ध पिउने पानी उपलब्ध गराउन एकरुपता ल्याउने उद्देश्यले अन्तरक्रिया र रमाइलो वनभोज कार्यक्रम राखिएको संघका अध्यक्ष यदुनाथ अधिकारीले वताए।

कार्यक्रममासंघका द्धितिय उपाध्यक्ष रविन्द्रमोहन अधिकारीले उद्योगी र डिलरहरु एक आपसमा मिलेर काम गर्नुपर्ने वताए। सल्लाहकारहरु ऋषिराम सापकोटालेे पानी अति महत्वपूर्ण खाद्य भएकोले ल्यावद्धारा प्रमाणित गरेरमात्रै विक्रि वितरण गर्नुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा सल्लाहकार रामबहादुर कोइराला, संघका सचिव एवम् कार्यक्रम संयोजक महेन्द्र राना, डिलरहरुको तर्फबाट देवबहादुर लामिछाने, दिपक सुवेदी, रामकुमार श्रेष्ठ, अर्जुन गुरुङ, विश्वराज वञ्जरा, सागर गिरी, केदार पहाडी, अर्जुन गुरुङ -स्िप्रङ्ले) लगायतले वोलेका थिए ।

संघका अध्यक्ष यदुनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष गंगाबहादुर गुरुङले स्वागत, अनुगमन संयोजक प्रेम क्षेत्रीले कार्यक्रमबारे प्रकाश र महासचिव लेखबहादुर प्रधानले कार्यक्रम सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • अर्थतन्त्रमा सुधार आउने

    आदर्श समाज सम्वाददाता असाेज १५, २०७९
    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायी र बैंकर्सबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रम भएको छ । छलफल तथा शुभकामना…
  • ‘सिजीसँग यो पर्व, गरौं गर्व’

    आदर्श समाज सम्वाददाता असाेज १४, २०७९
    पोखरा । सिजी ब्रान्डले दसैं, तिहार तथा छठ पर्व लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ । ‘सिजीसँग यो…
  • चाडपर्वमा मात्र अनुगमन

    आदर्श समाज सम्वाददाता असाेज १४, २०७९
    पोखरा । दसैंतिहार लगायत ठूला चाडपर्व भित्रिएपछि पोखरा बजारमा अनुगमन तीव्र बन्यो । अरु बेला सुतेर बस्ने अनुगमनकर्ताहरु चाडपर्व भित्रिएपछि…
  • सिर्जना विकास केन्द्रमा पदस्थापना

    आदर्श समाज सम्वाददाता असाेज १३, २०७९
    पोखरा, १३ असोज । सृजना विकास केन्द्र, सिमलचौरका नवनिर्वाचित पदाधिकारीले बिहीबार सपथग्रहण गरेका छन् । केन्द्रको ४५ औं साधारण सभा तथा…
  • दसैंलक्षित भेडाच्याङ्ग्रा पोखरा

    धनबहादुर गुरुङ असाेज ११, २०७९
    पोखरा । जुम्लाका कमानसिंह थामी पोखरा १, जौबारीमा भेडाच्यांग्राको हुलसँगै भेटिन्छन् । गत वर्ष पनि उनी यसरी नै भेटिएका थिए…

hero news full width

Recent Posts

भर्खरै