पोखरा, १७ फागुन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतले मुक्तककार तीर्थराज अधिकारीको एकल मुक्तक वाचन कार्यक्रम गर्ने भएको छ।
अनेसास बेलायत शाखाद्वारा दिवंगत स्रष्टाको स्मरण र क्रियाशील स्रष्टालाई प्रोत्साहनका अभियान सञ्चालनका क्रममा यसपटक साहित्यकार पारिजातको स्मृति र मुक्तककार तीर्थराज अधिकारीको एकल मुक्तकवाचन एकैसाथ आयोजना गर्न लागेको हो।
फागुन २० गते बेलायतको चार्ल्टन एफसी फ्लेयड रोडमा उक्त कार्यक्रम हुनेछ।
अनेसासले नेपाली भाषा, सर्जक र सिर्जनालाई विश्वव्यापीकरण गराउन विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। करिब ४२ देशमा ९२ बढी शाखा सञ्जाल रहेको अनेसासले पछिल्लो समय नेपाली भाषामा आएको विचलन अन्त्यका लागि अहम् भूमिका निर्वाहसमेत गरेको थियो। सोही संस्थाको व्यानरमा कविता, मुक्तक, गीतलगायत विधामा एक दर्जन काव्यकृति प्रकाशन गरेका अधिकारीको एकल वाचन कार्यक्रम हुन लागेको हो।
नेपाली मुक्तक लेखनलाई विश्वव्यापी बनाउन अंग्रेजी भाषामा मुक्तक कृति प्रकाशन गर्ने उनी प्रथम प्रयोक्ता हुन्। झटारो मुक्तक सङ्ग्रहलाई अंग्रेजी भाषामा प्रकाशन गरी नेपाली मुक्तकको उज्यालोलाई विश्वव्यापी बनाउन विशेष योगदान पुर्याएकोमा उनी अनेसास गण्डकीद्वारा मुक्तकमणि उपाधिद्वारा विभूषितसमेत भइसकेका छन्।
लमजुङ चन्द्रेश्वर-७, दुराडाँडामा जन्मेका अधिकारीका ‘जूनकीरी’ (२०५३), ‘ऐना’ (२०५७), ‘तीन लय तेह्र गीत (२०६०), झटारो’ (२०६९), ‘यो कस्को हात हो ?’ (२०७०), ‘लम्जुङको सम्झना’ (२०७१), ‘बिरिमफुल’ (२०७३) लगायत कविता, मुक्तक र गीतका कृति प्रकाशन भएका छन्।
विभिन्न वाङ्मयिक संस्थाको उन्नयनमा क्रियाशील अधिकारी अनेसास बोर्ड अफ ट्रष्टिजका सदस्यसमेत हुन्। पुरानो घर लमजुङ भई पोखरा लेखनाथ-१० रामघाट बस्ने अधिकारी केही समयदेखि अमेरिकामा छन्। उनी नेपाल सरकारको उपसचिव पदबाट सेवा निवृत्त भएका थिए।
४७ सदस्यीय उक्त ट्रष्टीले नेपाली भाषामा लेखिएका कृतिलाई विश्वव्यापी बनाउन विभिन्न अभियान र पुरस्कारसमेत सञ्चालन गर्दै आएको छ। संस्थाले न्यूनतम् दइ सय र अधिकतम् एक हजार छ सय अमेरिकी डलरसम्मका १८ वटा विधागत पुरस्कार सञ्चालन गर्दै आएको छ। उक्त ट्रष्टिमा नेपालबाट काठमाडौंका लव गाउँले, जानुका सत्याल, दामोदर पुडासैनी किशोर, नवराज सिलवाल र मुक्तकमणि तीर्थराज अधिकारीको सहभागिता रहेको छ।
Related News
सम्बन्धित समाचार
मुक्तक : लोकप्रिय तर हेपिएको विधा
२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
डा. पुष्पालाई इन्द्र–हुमा वाङ्मय सम्मान
लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीमा राजन कार्की
नाटक महोत्सवमा स्कुले विद्यार्थीको प्रतिभा
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९