पोखरा, १२ फागुन। नवौं शुक्ला साहित्य राष्ट्रिय पुरस्कारबाट भाषाविज्ञ प्राडा चूडामणि बन्धुलाई सम्मान गरिने भएको छ।
पुरस्कार सञ्चालन गर्दै आएको शुक्ला साहित्य प्रतिष्ठानले पोखरामा शनिबार पत्रकार सम्मेलन गरी नेपाली भाषा तथा व्याकरण विद्यामा अतुलनीय योगदान पुर्याएकोमा प्राडा बन्धुलाई सो पुरस्कार प्रदान गर्न लागिएको जनाएको हो।
चैत ३ गते एक कार्यक्रम गरी उनलाई पुरस्कार नगद २० हजार १ सय १ रुपैयाँ साथमा सम्मानपत्र प्रदान गरिने छ।
ताराप्रसाद तिमिल्सिना संयोजक तथा छविलाल आचार्य, रामबहादुर बानियाँ, यादवराज उपाध्याय र मदनबहादुर खत्री क्षत्री सदस्य रहेको छनोट समितिले पुरस्कारका लागि उनलाई चयन गरेको हो।
सो पुरस्कारबाट नेपाली भाषा, साहित्य, कला, लोक संस्कृति विद्यामा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिँदै आएको शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष कुलबहादुर खत्रीले जानकारी दिए।
यसअघि हास्यकलाकारद्वय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, वरिष्ठ समालोचक प्राडा रविलाल अधिकारी, साहित्यकार सरुभक्त, कलाकार दुर्गा बराल वात्सायन, साहित्यकार स्व चेतमानसिंह भण्डारी, लोकगायक जीवन शर्मा, लोकगायिक हरिदेवी कोइराला र डा तीर्थराज सुवेदी सम्मानित भैसकेका छन्।
१ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी शुरु गरिएको सो पुरस्कार २०५७ साल कात्तिक १६ गतेदेखि २ वर्षको अन्तरमा प्रदान गर्ने गरिएको छ। पत्रकार सम्मेलनमा पत्रकार महासंघ कास्की सहसचिव दीननाथ बराल र शुक्ला साहित्य प्रतिष्ठान सचिव हरि बरुवालले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
लोकराजको ‘छाइल’ माथि विमर्श
राष्ट्रिय कविता प्रतियोगितामा भुषाल प्रथम
‘काव्यरसमा पोखरा’ लोकार्पण
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९