पोखराका शिक्षासेवी शंकर गौतमको निधन

आदर्श समाज सम्वाददाता
असार २४, २०८१
shankar dies

स्व.शंकर गौतम

पोखरा । पोखराका शिक्षासेवी एवं समाजसेवी शंकर गौतमको ६७ वर्षको उमेरमा सोमबार निधन भएको छ । केही महिनादेखि उच्च रक्तचाप र जण्डिसबाट पीडित उनको उपचारका क्रममा निधन भएको हो । कास्कीका पूर्व जिल्ला शिक्षा अधिकारी भएर सेवा गरेका उनी पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा समेत कार्यकारी निर्देशक भएर काम गरेका थिए ।

पोखरा–२० भलाममा जन्मिएका गौतमको परिवार हाल बाटुलेचौरमा बस्दै आएको छ । उनको मंगलबार बिहान पोखरा–१६ स्थित निवासबाट शवयात्रासहित अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ । यसैबीच, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गौतमको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

टग अफ वार कास्की अध्यक्ष भएर काम गरेका उनको खेलकुदमा निकै रुची थियो । उनलाई सबैले निकै शालीन व्यक्तित्वको रुपमा चिन्थे।

उनका आमा, श्रीमती, छोराबुहारी र २ छोरी छन् । पिता तेजबहादुर भलामका तत्कालीन प्रधानपञ्च तथा पूर्वगाविस अध्यक्ष थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग