छैटौं केन्पो काई राष्ट्रिय प्रतियोगितामा अनमोल र नीतिशा च्याम्पियन

आदर्श समाज सम्वाददाता
असार १५, २०८१
kenpkkai

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकी आयोजना तथा गण्डकी प्रदेश केन्पोकाई संघ व्यवस्थापनमा शनिबार पोखरामा छैटौं केन्पो काई राष्ट्रिय प्रतियोगिता भएको छ । ६ प्रदेशका २ सयभन्दा बढी खेलाडीले भाग लिएको प्रतियोगितामा पुरुष खुला तौल समूहतर्फ अनमोल मल्ल प्रथम भए । मनीष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए ।

६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बु दोस्रो, अप्सन परियार र अरुण लिम्बु तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव शाह ठकुरी प्रथम, आशिष लोकेन्द्री दोस्रो र शक्ति तामाङ र प्रयुश राई तेस्रो भए । ५० केजीतर्फ रिवाज थापा प्रथम, अंकित सुनार दोस्रो, जेम्स बिक र रोहन क्षत्री तेस्रो भए । ४५ केजी तौल समूहमा विशाल बुढामगर प्रथम, झलक थापा मगर दोस्रो, रेशम बिक र नवीन परियार तेस्रो बने ।

४० केजी तौल समूहमा निश्चल बिक पहिलो, कृष थापा दोस्रो, रुद्र गौतम र आभास श्रेष्ठ तेस्रो बने । ३५ केजी तौल समूहमा हेसाङ सारु मगर प्रथम, आरुष सिंह ठकुरी दोस्रो, प्रयास गुरुङ र सन्देश पुन तेस्रो भए ।

३० केजीतर्फ सुशान्त थापा प्रथम, भैभव भण्डारी दोस्रो, समीर गुरुङ र रविन ठकुरी तेस्रो भए । २५ किलो तौल समूहमा सुमन बिक प्रथम, ओसन मगर दोस्रो, रिशव चौधरी र एकृत राई तेस्रो भए ।

महिलातर्फ खुला तौल समूहमा नीतिशा रानामगर च्याम्पियन बनिन् । रोजिना गुरुङ दोस्रो, पूर्णिमा लियो मगर र केजिया क्षत्री तेस्रो भए । ५० केजी तौलमा प्रशन्ना क्षत्री प्रथम, निम्रित शाह दोस्रो, दीपिका बोहोरा र सुमी गुरुङ तेस्रो बने ।

४५ केजीमा सन्ध्या लामा प्रथम, कञ्चन लिम्बु दोस्रो, ममता थापा र कुमा पुन तेस्रो भए । ४० केजीमा विशिषता राई प्रथम, क्रिस्टिना कार्की दोस्रो, वर्षा गुरुङ र सिम्रन केसी तेस्रो भए । ३५ केजीतर्फ पार्वती तामाङ प्रथम, मिरिस्मा पौडेल दोस्रो, सभ्यता बराल तेस्रो र सरगम गुरुङ तेस्रो बने । ३० केजीमा मनीषा गिरी प्रथम, ओसन थापा दोस्रो, प्रितिशा खनाल र अक्षता ढुंगाना तेस्रो भए । २५ केजीतर्फ प्रितीशा गिरी प्रथम, नुमा लिम्बु दोस्रो, दीपशिखा सिग्देल र सिम्रन क्षत्री तेस्रो भए ।

गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापा, प्रदेश खेलकुद परिषद् सदस्यसचिव श्रीधर शर्मा, गण्डकी प्रदेश केन्पोकाई संघ अध्यक्ष प्रगत कायस्थ र साउथ एशियन केन्पोकाई ब्राञ्च चिफ नाराजबहादुर खड्का (हरि) ले विजयीलाई पुरस्कृत गरे ।
गण्डकी प्रदेश केन्पो काई संघ अध्यक्ष प्रगात कायस्थको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मन्त्री थापा, परिषद् सदस्यसचिव शर्मा, नेपाल केन्पोकाई संघ केन्द्रीय महासचिव नवीन आचार्य, प्रतियोगिता संयोजक स्वयम्भू कुँवर लगायत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग