विम्बकविलाई कला वाङ्मय पुरस्कार

आदर्श समाज सम्वाददाता
असार १०, २०८१
Ramesh PP a e

पोखरा । त्रिवेणी साहित्य प्रतिष्ठानद्वारा यसवर्ष पहिलो पटक भगवती–होम कला वाङ्मय पुरस्कारले नेपाली चित्रकला र कविताका प्रसिद्घ सर्जक प्राज्ञ, विम्बकवि रमेश श्रेष्ठलाई यही २०८१ असार १५ गते सम्मान गर्ने भएको छ ।

थुप्रै चोटी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला कार्यशाला तथा प्रदर्शनीमा सहभागी भइसकेका श्रेष्ठको नेपालमा दुई पटक एकल कला प्रदर्शनी भव्यताका साथ सम्पन्न भएको छ । जन्मथलो पोखरामै नेपाली कला र कवितालाई आफ्नो छुट्टै मौलिक शैलीमा अनुष्ठान गर्दै आएका श्रेष्ठ नेपाली कविताको मूल्य र मान्यताको लागि मुलुक मै टिकटमा एकल कविता वाचन कार्यक्रम शुरु गर्ने प्रथम प्रयोक्ता हुन् ।

त्रिविवि स्नातक तह प्रथम वर्षको ऐच्छिक नेपाली कोर्समा २०६५ देखि कविता समावेश भएका श्रेष्ठको नपोतिएका रंगहरू (गीत संग्रह २०५२), चराहरूको पहाड (कविता संग्रह २०५५), आमा नदीहरू (कविता संग्रह २०५७), बुद्ध बिम्ब अक्षर बिम्ब (कविता संग्रह २०५८), इन द नेम अफ बुद्ध –अंग्रेजी भाषाको कविता संग्रह २०५८), घाँस उखेलिरहेकी केटी (कविता काव्य २०६०), रोदी रोएको देशमा (काव्य २०६२), कविता र साँझ (नेपाली कविताको पहिलो श्रव्य दृश्य ०६४), अक्षरको खेत (२०६५ कविता संग्रह ), चोक र तमसुक (२०६७ खण्डकाव्य ), कविताको उज्यालो (२०७० कविता संग्रह ), रङहरूको गीत ( कविता र चित्रकला संग्रह २०७३), अग्निनृत्य (२०७४ काव्य ), मलामी पहाड र सारंगी (२०८० काव्य) प्रकाशित छन् भने आँसुमा खसेको पृथ्वी (कविता संग्रह), कोलाज उत्सव (काव्य) सुनगाभाको ओठ (गीत संग्रह) प्रकाशोन्मुख छन् ।

राष्ट्रिय प्रतिभा पुरस्कार, मोती पुरस्कार, ससिद्घि राष्ट्रिय कलाश्री पुरस्कार, व्यथित काव्य पुरस्कार, शिरोमणि पुरस्कार आदि थुप्रै पुरस्कार तथा मान सम्मानले सम्मानित श्रेष्ठ नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य तथा चित्रकला विभाग प्रमुख हुन् ।

श्रेष्ठले नेपाली कला र काव्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मानित गर्न लागिएको हो भन्दै उक्त अवसरमा मुकेश मल्ल, प्रभा भट्टराई, डा.गीता त्रिपाठी, मनोज भण्डारी, गोपी सापकोटा र बरुणबाबु घिमिरेलाई विभिन्न पुरस्कारले सम्मानित गरिने त्रिवेणी साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा गैडाकोट प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव भीमप्रसाद शर्माले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग