भातृ संघ समन्वय विभागको अन्तर्क्रिया र बधाई

आदर्श समाज सम्वाददाता
असार ९, २०८१
NC Sports Gandaki Photo 1

पोखरा । नेपाली कांग्रेस, गण्डकी प्रदेश भातृ संघ समन्वय विभागको आयोजनामा अन्तर्क्रिया, बधाई ज्ञापन, शुभकामना तथा परिचयात्मक कार्यक्रम भएको छ । शनिबार विभागले नेपाल लोकतान्त्रिक खेलकुद संघबीच अन्तक्र्रिया कार्यक्रम एवं नेपाल भूपू सैनिक संघको तदर्थ समितिलाई बधाई, शुभकामना र परिचयात्मक कार्यक्रम गरेको हो ।

गण्डकी प्रदेश भातृ संघ समन्वय विभागका प्रमुख अजित क्षेत्रीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश पार्टी सभापति शुक्रराज शर्मा, नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचन, नेपाल भूपू सैनिक संघका केन्द्रीय अध्यक्ष मेघराज टन्डन, नेपाली कांग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछानेले खेल क्षेत्रको विकासबारे धारणा राखेका थिए ।

नेपाली कांग्रेस गण्डकी प्रदेश प्रवक्ता माधव बास्तोला, खेलकुद विभाग प्रमुख अनोध श्रेष्ठ, भूपू सैनिकका केन्द्रीय सदस्य कर्णेल कृष्णबहादुर खत्री, क्षत्रबहादुर थापा ,नेपाल लोकतान्त्रिक खेलकुद संघ बागलुङ अध्यक्ष योगेश भण्डारी, नेपाल भूपू सैनिक संघ गण्डकी प्रदेश सदस्य हर्कबहादुर भुजेल, कास्की भूपू संघ सभापति खम्बासिंह गुरुङ, नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेश सभापति विद्या मर्सानी, भूपू सैनिक संघ गण्डकी प्रदेश अध्यक्ष कर्नेल प्रयागराज भण्डारी, नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय सदस्य विष्णु क्षेत्री, सुनील गुरुङ, लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेश सहसचिव पवित्रा थापा, नेविसंघ पृथ्वीनारायण क्याम्पस सभापति सुशील न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।

नेपाली कांग्रेस गण्डकी प्रदेश, कार्यालयको सभा हलमा भउको कार्यक्रममा स्वागत मन्तव्य गण्डकी प्रदेश भातृ संघ समन्वय विभागका उपप्रमुख प्रभा सुवेदी एवं विभागको तर्फबाट गंगा गिरीले मन्तव्य राखेका थिए । साथै गण्डकी प्रदेश भातृ संघ समन्वय विभाग प्रमुख एवं कार्यक्रमका अध्यक्ष अजित क्षेत्रीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

गण्डकी प्रदेशका नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल भूपू सैनिक संघमा आबद्ध करिब सय जनाको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन गण्डकी प्रदेश भातृ संघ समन्वय विभागका सदस्य श्रीकृष्ण श्रेष्ठ गरेका थिए । उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल कांग्रेस गण्डकी प्रदेश पार्टी सभापति शुक्रराज शर्माले भातृ संस्थाको सक्रियताले मात्र सिंगो पार्टी संगठन बलियो हुने र प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रतालाई मुख्य एजेन्डा बनाई संगठन विस्तार गर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग