कास्कीलाई हक्की उपाधि

आदर्श समाज सम्वाददाता
असार ८, २०८१
hoccky

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकी आयोजना र गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा भएको अन्तरजिल्लास्तरीय हक्की प्रतियोगिताको उपाधि कास्कीले जितेको छ ।

रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा शनिबार फाइनलमा बागलुङलाई ३–० गोलअन्तरले पराजित गर्दै कास्कीले उपाधि रक्षा गरेको हो । स्याङ्जाले तनहूँलाई १–० गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान सुरक्षित ग¥यो ।

विजेता कास्कीले २० हजार र उपविजेता बागलुङले १५ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । तेस्रो भएको स्याङ्जाले १० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

समापनमा भारतीय पेन्सन क्याम्पसका चिकित्सक मेजर डा. आश्विन नारायणकार, नेपाल भारतमैत्री विद्यालयका प्रिन्सिपल मिथुन जय सहायक प्रिन्सिपल अशोक गुरुङ, नेपाल हक्की संघ केन्द्रीय उपाध्यक्ष हिमाल खड्का, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष हितकुमार गुरुङ, केन्द्रीय सदस्य मिलन केसी, पूर्व हक्की खेलाडी तिलकबहादुर केसी, जिल्ला सदस्य क्या. राजु थापा, सु. धनसिंह गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यकारी सदस्य सदस्य ऋषिराम गौतम, लगायतले पुरस्कार वितरण गरे ।

गण्डकी प्रदेश हक्की संघ अध्यक्ष दीपकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीस्वरुप यो प्रतियोगिताको आयोजना गरिएको हो । आयोजकका अनुसार यो प्रतियोगितामा सहभागी सबै जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरेर १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको टिम निर्माण गरिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग