कञ्चन क्यापिटलको पाँचौं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
Kanchan Capital Photo 1

पोखरा । कञ्चन क्यापिटल प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरणलगायत कार्यक्रम गरी पाँचौं वार्षिकोत्सव मनाएको छ ।

मंगलबार आयोजित रक्तदानमा ५६ युनिट रगत संकलन भएको कम्पनी अध्यक्ष विमलमान गुभाजूले बताए । उनले मानवजीवन रक्षाका लागि रक्तदान प्राथमिकतामा परेको बताए । बुधबार सम्मान, पुरस्कारसहित वार्षिकोत्सव मुख्य कार्यक्रम भयो ।

कम्पनीमा रहेर उत्कृष्ट कार्य गरेकामा ‘कृष्णमान स्मृति उत्कृष्ट कर्मचारी–२०८१’ बाट मञ्जु भण्डारी र निर्मला गुरुङ श्रेष्ठ पुरस्कृत भए ।

रक्तदानमा सहभागी शेयरधनी, कर्मचारी तथा परिवारजन रक्तदातालाई कदरपत्र प्रदान गरिएको थियो । शेयरधनी राकेशमान बुद्धाचार्यलाई उनकै छोरी रिकेशनाले मिर्गौला प्रत्यारोपण गरेमा रिकेशनालाई सम्मान गरियो ।

शेयरधनीका उच्च शिक्षा हासिल गरेका छोराछोरी रिकेशनासहित र सुविक्षा गुभाजूलाई पनि सम्मान गरिएको थियो ।

कम्पनीले पोखरा महानगरका विभिन्न स्थानमा सुनका ५ र चाँदीका १ व्यावसायिक फर्म सञ्चालन गरेको छ । अर्चलबोटमा कञ्चन डिमार्टमेन्टल स्टोर पनि सञ्चालित छ । हाल १७ शेयर सदस्य रहेको कम्पनीमा करिब २ सय जना कर्मचारी कार्यरत् रहेको अध्यक्ष गुभाजूले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग