लागुऔषध सहित पक्राउ

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
Drugs News Photo

पोखरा । पोखरामा लागुऔषध सहित १ युवक पक्राउ परेका छन् । कास्की प्रहरीले मंगलबार पोखरा ७ स्थायी घर भई हाल पोखरा–१४ मझेरीपाटन बस्दै आएका ४३ वर्षीय रवि पौडेललाई सो अभियोगमा नियन्त्रणमा लिएको हो ।

उनको साथबाट कुखुराको खोरमा लुकाइराखेको डाइजेपाम ७५ एम्पुल, फेनेरागन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल गरी २ सय २५ एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनायो । जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width