रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

आदर्श समाज सम्वाददाता
कार्तिक २, २०८१
ravi

पोखरा, २ कात्तिक । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरूद्ध पक्राउ पूर्जी जारी भएको छ ।

लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले शुक्रबार प्रहरीलाई अनुमति दिएको हो । सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सहकारी रकम अपचलन गरेको आरोपमा पूर्वडिआईजी छवि जोशी पक्राउ परिसकेका छन् । उनलाई ५ म्याद थप भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग