कुश्मामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको उपशाखा

आदर्श समाज सम्वाददाता
असार ५, २०८१
liberty micro

पोखरा । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पर्वतको कुश्मामा उपशाखा सञ्चालनमा ल्याएको छ । बिमा प्राधिकरण, गण्डकी प्रदेश प्रमुख श्री केशवप्रसाद दाहालले उपशाखाको उद्घाटन गरे । माइक्रो लाइफ इन्स्योरेन्सका  प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश कार्यालयका क्षेत्रीय प्रबन्धक शिवप्रसाद पौड्यालले विषयवस्तुमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा कुश्मा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष ईश्वरी गिरी, कुश्मा, उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि. पौडेल, सामाजिक अभियान्ता सरस्वती शर्मा जिज्ञाशु लगायतले शुभकामना व्यक्त गरे ।

एजेन्सी म्यानेजर डम्मरप्रसाद पौडेलले न्यून आय भएका अल्पसंख्यक, सीमान्तकृत हरेक नागरिकको घरघरमा बिमाको पहुच पुर्‍याउन र जनचेतना अभिवृद्धि गर्न सम्बन्धित सबैलाई आग्रह गरे । उनले हुने खानेहरुका लागि मात्र नभई हुँदा खानेहरुका लागि न्यूनतम वार्षिक ३३ रुपैयाँले बिमा गर्न सकिने लघुबिमा अत्यन्तै उपयोगी भएको बताए ।

कार्यक्रममा कुश्मा उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष, जेसिसका पूर्व अध्यक्ष, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा जीवन बिमा कम्पनीका प्रमुख, पत्रकार युवा क्लब, महिला सन्जाल, शिवालय मावि कुश्माका प्रधानाध्यापक, कम्पनीका कर्मचारी अभिकर्ता, एजेन्सी मेनेजर लगायतको सहभागिता थियो ।

कार्यक्रम सञ्चालन गण्डकी प्रदेश कार्यालय पोखराका बिजनेस प्रमोसन एक्सपर्ट अर्जुन सिग्देलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा

    धनबहादुर गुरुङ असार ३१, २०८१
    पोखरा ।  आर्थिक वर्ष २०८०/०८१ को सोमबार अन्तिम दिन । सरकारी क्षेत्रबाट हुने आर्थिक वर्षका कामकारवाही सोमबारदेखि नै सकिन्छ ।…
  • विदेशी मुद्रा सञ्चिति बढ्यो

    आदर्श समाज सम्वाददाता असार २६, २०८१
    पोखरा । मुलुकको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब १ करोड डलरले वृद्धि भएको छ । २०८० असार मसान्तमा…
  • पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता असार १८, २०८१
    पोखरा । पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टले मंगलबार नयाँबजारस्थित सोरुपमा एक…
  • गण्डकीको बजेट बहुमतले पारित

    आदर्श समाज सम्वाददाता असार १७, २०८१
    पोखरा । गण्डकी प्रदेशको आगामी वर्षको बजेट बहुमतले पारित भएको छ । असार १ गते अर्थमन्त्री डा. टकराज गुरुङले पेस…
  • इ–ड्राइभको गण्डकीमा सेवा विस्तार

    आदर्श समाज सम्वाददाता असार १५, २०८१
    पोखरा । इ–ड्राइभ गण्डकी नेपाल र इ–ड्राइभ नेपालले सहकार्यमा राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ । प्रविधिको प्रयोगमा…

hero news full width