पोखरामा मनाइयो भुम्या पर्व

आदर्श समाज सम्वाददाता
असार २, २०८१
bhume (1)

पोखरा । गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताएकी छन् । अठार मगरात क्षेत्रका मगर समुदायको मौलिक पर्व भूम्याको अवसरमा शनिबार पोखरामा आयोजित मेला एवं सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उपसभामुख थापाले भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यतासहित सार्वजनिक बिदा दिनुपर्ने धारणा व्यक्त गरिन् ।

रोल्पा–पोखरा सम्पर्क समाज र रुकुमेली एकता सम्पर्क समाज, पोखराले संयुक्त रुपमा आयोजना गरेको मेलामा बोल्दै उनले भूम्या पर्वलाई मगर जातिमा मात्र सीमित राख्न नहुने उल्लेख गरिन् । उनले यस पर्वलाई व्यापकता दिन आवश्यक रहेको बताउँदै भूम्या पर्व मौलिक र वैज्ञानिक पर्व रहेको धारणा व्यक्त गरिन् । उपसभामुख थापाले लोपोन्मुख संस्कार, संस्कृतिको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँदै भूम्या पर्व आदिवासी मगर जातिको मौलिक पहिचान भएको उल्लेख गरिन् ।

कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची,’ नेपाल मगर संघका उपमहासचिव खेम पुन, नेकपा (माओवादी केन्द्र)का नेता आशमान रोका ‘पवन’, नेपाल कम्युनिस्ट पार्टीकी नेतृ सावित्रा दुरा ‘आस्था’, माओवादी केन्द्रका युवा नेता सुवर्ण, राप्ती सल्यान–पोखरा सम्पर्क समाजका वरिष्ठ उपाध्यक्ष वीरसिंह बुढालगायतले भूम्या पर्वको शुभकामना दिएका थिए । उक्त अवसरमा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार हर्कबहादुर पुन, केन्द्रीय कोषाध्यक्ष पूर्णबहादुर राना, केन्द्रीय सदस्य हर्क आले, गण्डकी प्रदेशकी उपाध्यक्ष पवित्रा थापा, कास्की जिल्ला अध्यक्ष रामबहादुर थापा, पोखरा महानगर समितिका अध्यक्ष ओम श्रीस, नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का महासचिव सुजनकुमार लामालगायतको समेत उपस्थिति थियो । कार्यक्रममा भूम्या नाच समेत प्रस्तुत गरिएको थियो ।

रोल्पा–पोखरा सम्पर्क समाजका अध्यक्ष रामकुमार बुढाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजका सल्लाहकार प्रसाद बुढा र रमेश बुढा एवं रुकुमेली एकता सम्पर्क समाज, पोखराका संस्थापक अध्यक्ष फत्तेजंग गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यसअघि, भूम्या नाचसहितको झाँकी  र्‍याली लखनचोकबाट सुरु भइ नयाँबजार हुँदै मेलास्थल पोखरा प्रदर्शनी केन्द्रमा पुगी कार्यक्रममा परिणत भएको थियो । त्यस अवसरमा भूमि देवताको पूजा गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । भूम्या पर्व रोल्पा, रुकुम, दाङलगायतका जिल्लामा विशेष रुपमा मनाउने गरिन्छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा तायाःमचा प्रतियोगिताको तयारी

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    पोखरा । नेवाः खल कास्कीको आह्वानमा तायाःमचा नृत्य प्रतियोगिताको तयारी सुरु गरिएको छ । शनिबरा नयाँबजारमा सचिवालय उद्घाटन गरी प्रतियोगिताको…
  • केदारेश्वर सेवाश्रममा फेरि चिद्घन चैतन्य

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । केदारेश्वर महादेव मणि सेवाश्रम समितिको १९ औं साधारणसभा तथा १० औं अधिवेशनले पीठाधीश चिद्घन चैतन्य महाराजको अध्यक्षतामा १५…
  • मनाइयो पहिलो दिनको बकर इद

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ…
  • गैह्रापाटन नेवा समाजलाई लाखे नाचका सामग्री

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । पोखरा महानगर पालिका वडा नम्बर ९ ले गैह्रापाटन नेवाः समाजलाई लाखे नाचको लागि आवश्यक सामग्री प्रदान गरेको छ…
  • मौलिकता बिर्सेर बनाइयो नमूना गन्धर्वघर   

    आदर्श समाज सम्वाददाता जेठ १८, २०८१
    गण्डकी ।  कुनै समय घुमाउने (गोलो घर) नै लोपोन्मुख गन्धर्व जातिको परम्परागत बासथलो थियो । ढुङ्गा, माटो र काठले ती…

hero news full width