पोखरामा आजदेखि यू–१५ विद्यालय खेलकुद प्रतियोगिता

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०८१
created by dji camera

तस्वीर: सुदर्शन रञ्जित

पोखरा । राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद, गण्डकीको संयुक्त आयोजनामा पोखरा रंगशालामा बुधबारदेखि ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ हुँदैछ ।

२ दिनसम्म चल्ने प्रतियोगिताको दिउँसो गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने छन् । उद्घाटन भब्य बनाउने आयोजकले जनाएको छ। जसमा विभिन्न जनजातिका सांस्कृतिक कार्यक्रम, खेलाडीहरुको मार्चपास, पञ्चेबाजा, ब्यान्डलगायत हुने छन् ।

एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेलमा ३८ स्वर्ण, ३८ रजत र ४६ कास्य पदकका लागि विभिन्न प्रदेशका छात्रछात्राले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्यसचिव श्रीधर शर्माले जानकारी दिए ।

प्रतियोगितामा ७ वटै प्रदेशका ६ सय ३० जना (खेलाडी, प्रशिक्षक र म्यानेजरसहित) ले भाग लिँदै छन् । हरेक प्रदेशबाट ७६ जना खेलाडी, ७ जना प्रशिक्षक र ७ जना टिम म्यानेजर सहभागी छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले गण्डकी प्रदेशले यो प्रतियोगिता पाउनु गौरवको विषय भएकाले यसलाई सबै मिलेर सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग