पोखरा । पोखरा १३ आर्वाका कीर्तिराज बरालले जीवनकालमा शिक्षक, समाजसेवी, राजनीतिज्ञसँगै साहित्यमा लामै समय काम गरे । जीवित रहँदा उनले आत्मवृतान्त, यात्रा संमरण, विभिन्न घटना, कविता डायरीमा लेखे । तर, प्रकाशित गरेका थिएनन् । उनको ३ वर्ष अघि मृत्यु भयो ।
उनको मृत्युपछि ती रचनाहरूलाई किताबको रुप दिइएको छ अनि नाम दिइएको छ, ‘कीर्तिका रचना विविध’ । कीर्तिका छोराहरू शंकरराज, भवसागर र बुद्धिराज बरालले सबै रचनालाई समेटेर कृति प्रकाशित गरेका छन् । यो कृति आइतबार सार्वजनिक गरिएको छ ।
उनै कीर्तिराजको ८७ औं जन्मजयन्तीका अवसरमा सो पुस्तक लोकार्पण गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, वरिष्ट कार्टुनिस्ट वात्स्यायन, नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मालगायतले उक्त कृति लोकार्पण गरेका हुन् ।
कृतिमाथि प्राध्यापक रामेश्वर बरालले टिप्पणी गरेका थिए । उनले क्षेत्रियतालाई प्रवद्र्धन गरिएको, अध्यात्मवाद् र भौतिकवाद्को समिश्रण, पूर्वीय र मानावतावादी दर्शनलाई उतारिएकोलगायत कृतिको विशेषता रहेको उनले बताए । ‘आफ्नो देशको चिन्ता, शिक्षा र ज्ञानका कुरा बुझ्न, राष्ट्रियता बोध गराउन, नैतिकता बुझाउन सहयोग पुग्छ भन्ने लाग्छ,’ उनले भने, ‘यो कृतिले हामीबाट निश्चितरुपमा न्याय पाउन भन्ने अपेक्षा छ ।’
कार्यक्रममा सरुभक्तले कीर्तिको परिवारले आफ्नो शेषपछि पनि आफ्नो सम्झना बाँचिराखोस् भन्ने चाहना पूरा भएको बताए । उनले भने, ‘शेषपछि पनि आफ्नो सम्झना बाँचिराखोस् भन्ने हेतुले शेष रहँदै उहाँले लेख्नुभएको जीवनी, कथा, कविता, घटनाक्रम, संमरण कृति बनाएर प्रकाशित गरिदिनुभएको छ ।’ यो कृतिले नेपाली साहित्यमा एउटा इँटा थपिएको उनको भनाइ थियो । कीर्ति जीवित रहँदा आफ्नो साहित्य र सिर्जनामा पनि सहयोग गरेको उनले सम्झिए ।
४६२ पेज रहेको कृतिमा पहिलो भागमा आत्मवृतान्त छ । भाग २ मा विभिन्न स्थानमा घुमेका यात्रा संमरण समेटिएको छ । भाग ३ मा आफूमाथि घटेका घटना, भाग ४ मा साहित्य विविध, कविता, वेदान्ती चरणका भजनहरू समेटिएको छ ।
कार्यक्रममा शिवबहादुर बरालले स्व. कीर्तिराज बरालको बारेमा परिचर्चा गरेका थिए । नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, स्व. बरालका सहपाठी तारा पाखे, माइला छोरा भवसागर बराल, जेठा छोरा शंकरराज बराल, बुहारी रसोदा बराललगायतले कृतिमाथि परिचर्चा गरेका थिए ।
स्व. कीर्तिराज बरालकी धर्मपत्नी पार्वतीदेवी बरालको अध्यक्षतामा भएको कार्यक्रम किशोरदत्त बरालले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१