शर्मालाई विद्यावारिधि उपाधि

आदर्श समाज सम्वाददाता
जेठ २२, २०८१
bishnu prasad sharma

पोखरा । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पृथ्वीनारायण क्याम्पस नेपाली शिक्षा विषयका उपप्राध्यापक विष्णुप्रसाद शर्माले विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । शर्मालाई नेपाली भाषा कक्षामा सिकाइ सहजीकरण शीर्षकको विद्यावारिधि कार्यका लागि त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अनुसन्धान समितिको यही जेठ ४ गते बसेको बैठकले उक्त उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।
शर्माले अनुसन्धानका क्रममा स्याङ्जा र कास्की जिल्लाअन्तर्गत माध्यमिक तहको नेपाली भाषा कक्षामा केन्द्रित रही सम्बन्धित शिक्षक, अभिभावक र विद्यार्थीसँग पुगेर अन्तर्वार्ता, लक्षित समूहसँग छलफल र कक्षा अवलोकन माध्यमबाट तथ्यांक संकलन र विश्लेषण गरी सिकाइ सहजीकरणका सैद्धान्तिक र व्यावहारिक पक्षको खोजी गरेका थिए ।
अध्ययनबाट योजनाबद्ध सिकाइ सहजीकरण नै सफल सिकाइको आधार हो भन्ने निष्कर्ष प्राप्त भएको शर्माको भनाइ छ । यसका लागि निरन्तररुपमा गरिने सिकारुमैत्री र सहभागितामूलक शैक्षणिक योजना निर्माण, सोहीअनुसार उद्देश्यको चयन, शैक्षणिक सामग्रीको निर्माण, विधिको उपयोग, अभिलेख निर्माण र त्यसको प्रयोगबाट गरिने सिकाइ सहजीकरण नै अर्थपूर्ण हुने तथ्यमा समेत जोड दिइएको छ ।
शर्माले यसअघि नै दर्शनाचार्य तहको अध्ययनका क्रममा नेपाली व्याकरण शिक्षणमा पाठ र सन्दर्भको उपयोग शीर्षकमा व्याकरण शिक्षणलाई सैद्धान्तिक र परिभाषा केन्द्रित विधिबाट नसिकाइ प्रयोग र अभ्यासद्वारा कार्यमूलक शैलीमा सिकाउन सकिने प्रस्ताव गरेका छन् । अली मियाँ लोक वाङ्मय पुरस्कार २०८० बाट सम्मानित शर्माका करिब ३ दर्जन अनुसन्धानमूलक लेख र १ दर्जन पुस्तकाकार कृति प्रकाशित छन् । त्यस्तै आधा दर्जन जति लघु अनुसन्धान सम्पन्न भएका छन् । शर्मा हाल सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराका अध्यक्ष पनि हुन् ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width