पुतलीबजारमा साहित्यिक गोष्ठी

आदर्श समाज सम्वाददाता
जेठ २२, २०८१
kabita Sajina Paudel

स्याङ्जा । पुतलीबजार प्रज्ञा प्रतिष्ठान स्याङ्जाले साहित्यिक गोष्ठी सम्पन्न गरेको छ । सो अवसरमा गण्डकी प्रदेशस्तरीय कविता प्रतियोगितासहित स्रष्टा सम्मान गरिएको छ ।

प्रतियोगितामा कास्कीका सजिना पौडेल प्रथम, स्याङ्जाका अव्यग्र अस्मित द्वितीय र पर्वतका तारानाथ पराजुली तृतीय भए । उनीहरुलाई क्रमश २५ हजार, २० हजार १५ हजार नगदसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको छ । जिसस प्रमुख श्रीप्रसाद घर्ती, कुलपति तुलसीराम रेग्मी, उपकुलपति विश्वप्रेम अधिकारी, नगर उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी पौडेल लगायतले नगदसहित सम्मान एवं पुरस्कृत गरे ।

२६ कवितामध्ये वाचनका लागि १० छनोटमा परेका थिए ।

पुतलीबजार नगरपालिकामा जन्मेर लेखन विधामा योगदान पु¥याएकोमा नारायण नेपाल र लीलादेवी शर्मा तर्कना, सुरेश (सापकोटा) पाञ्जालीलाई सम्मान गरिएको छ ।

गोष्ठी उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तीले नगरपालिकाको कला, संस्कृति र साहित्यको संरक्षण र सम्बद्र्धन गर्ने उदेश्यले पहिलो पटक नगरले स्थापना गरेको बताए । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तता दिनुपर्ने बताउँदै कला, संस्कृतिमा धनी पुतलीबजारलाई चिनाउनेगरी काम गर्न सुझाव दिए ।

कार्यक्रममा उपकुलपति विश्वप्रेम अधिकारी, नगरप्रवक्ता मनोज पौडेल, प्रज्ञा सदस्य चिन्तु गिरी, कविता मूल्यांकन समिति संयोजक प्राडा जगन्नाथ रेग्मी मूल्यांकन समितिका सदस्यद्वय प्राडा भूमिराज बस्ताकोटी र डा. ईश्वरमणि अधिकारी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

कुलपति एवं नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख देवी अर्यालले स्वागत एवं शिक्षा शाखा प्रमुख बाबुराम बरालले सञ्चालन गरे । प्रतिष्ठान अघिल्लो वर्ष स्थापना भएको हो ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width