स्याङ्जाको चापाकोटमा सिर्जनशीलको कार्यक्रम

आदर्श समाज सम्वाददाता
जेठ १८, २०८१
sirjanshil (1)

पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा र गण्डकी वाङ्मय प्रतिष्ठान स्याङ्जाको संयुक्त आयोजनामा मंगलबार स्याङ्जाको चापाकोटमा विविध कार्यक्रम भएको छ ।
कार्यक्रममा प्राडा शालिग्राम सुवेदीद्वारा प्रस्तुत अध्यात्म, धर्म र जीवन शीर्षकको छलफलपत्रमाथि अन्तरक्रियात्मक विचार गोष्ठीका साथै गण्डकी वाङ्मय दोस्रो अंकको लोकार्पण र विविध विधाका सिर्जना वाचन गरिएको थियो । कार्यक्रममा गुरुकुलका बटुकहरुले स्वस्ति वाचन गर्दा परिवेश रमणीय बन्यो ।

गोष्ठीमा पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति विश्वप्रेम अधिकारी, चापाकोट नपाका प्रमुख ईश्वर खाँण, डा.योगराज पौडेल, डा. भूमिराज बस्ताकोटी, प्रहरी उपरीक्षक कमल गैरे, प्राडा गिरिधारि शर्मा, पब्लिक क्याम्पस प्राध्यापक संघका सल्लाहकार वेदहरि तिमिल्सिनाले सिर्जना वाचनका साथमा कार्यक्रमको सफलताका लागि शुभकामना दिए ।

यसैगरी कार्यक्रममा डा. श्रीधर न्यौपाने, टीकाराम वाग्ले, चन्द्रावती वाग्ले, नोलराज भण्डारी, आरती बस्याल, सुरज पौडेल, वसन्त चालिसे, कल्याण पन्त, इन्दु पौडेल सुवेदी, अञ्जना पौडेल, मित्रलाल गौतम, वसन्त पराजुली, दीपकमणि आचार्य, दिलीप खाँण लगायतका सिर्जना, जिज्ञासा र टिप्पणीले गोष्ठीलाई प्रभावकारी बनाएका थिए ।

कार्यक्रममा जगन्नाथ न्यौपानेको समूहले मिठो भजन प्रस्तुत गरेको थियो भने सहभागीहरु छमछम नाचेका थिए । चापाकोटमा उत्पादित विविध परिकारको मौलिक खानाले भिन्न स्वाद दिएको थियो भने स्थानीयहरुको टीका र फूूलमालासहितको आतिथ्यले कार्यक्रमलाई अविस्मरणीय बनाएको प्रतिक्रिया सहभागीको थियो ।

दुवै संस्थाका सचिव डा. भानुभक्त आचार्य र शिवलाल गैरेद्वारा सहजीकरण गरिएको कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्ने कार्य गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा वासुदेव भण्डारीले गरे ।

उक्त संस्थाका उपाध्यक्ष लेखनाथ बस्ताकोटीले धन्यवाद ज्ञापन गरे भने सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्माले यस प्रकारका कार्यक्रमको निरन्तरताको शुभकामना दिँदै कार्यक्रमलाई समापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width