मुख्यमन्त्रीलाई शुभकामना र बधाईका लागि कष्ट नगर्न आग्रह

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८१
cm pande

पोखरा । गण्डकीका प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई काममा व्यस्त भएकाले शुभकामना र बधाईका लागि कार्यालयमा नआउन उनको सचिवालले अनुरोध गरेको छ ।
सचिवालयले फेसबुक पेजमार्फत् सूचना जारी गरी भनेको छ :
गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्यू ले मिति २)८१ जेठ १६ गते दोस्रो पटक पदभार ग्रहण गर्नुभएको छ । हाल प्रदेश सरकारको नीति कार्यक्रम, बजेट लगायतका नियमित काममा माननीय मुख्यमन्त्री ज्यू निकै व्यस्त हुनुहुन्छ । उहाँलाई बधाई तथा शुभकामना दिने प्रयोजनले उपस्थित नहुन र शुभकामनाका लागि कुनै दुःख कष्ट नगर्नुहुन सविनय अनुरोध छ ।

Related News

सम्बन्धित समाचार

hero news full width