बोटे, माझी, मुसहर समुदायमा तालिम

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८१
Nawalpur Bote

नवलपुर । नवलपुरमा बोटे, माझी, मुसहर समुदायका लागि समुदायको मुल प्रवाहीकरण तालिम प्रदान गरिएको छ ।

माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपुरको आयोजना र गैंडाकोट नगरपालिकाको सहयोगमा भएको स्थानीय तहको बजेट तर्जुमामा बोटे माझी मुसहर समुदायको मुल प्रवाहीकरण १ दिने तालिम देवचुली १ केउरानीमा रहेको बोटे होम स्टेमा भएको थियो ।

तालिमको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।

राम तामाङ र ज्ञानबहादुर बोटेले प्रशिक्षण दिएको तालिममा नवलपुर भरिका ४० जना बोटे माझी मुसहर समुदायको सहभागिता थियो ।

तालिमको उद्घाटन सत्रमा प्रितम भुजेल, राजेन्द्र बोटेलगायतले शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रम बोटे, माझी, मुसहर कल्याण सेवा समिति नवलपुरका अध्यक्ष सुकराम माझीको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width