गण्डकी प्रदेश सभा बैठक आज

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८१
gandaki-parle

पोखरा । गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति लगत्तै प्रदेश सभाको बैठक बस्ने भएको छ । प्रदेश सभा सचिवाललयले सूचना जारी गरी जेठ १७ गते बिहीबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने भएकाले उपस्थितिका लागि सदस्यहरुलाई आग्रह गरेको छ ।

सरकारको आग्रह अनुसार नै प्रदेश सभाको बैठक डाकिएको सचिवालय स्रोतले जनाएको छ । बजेटको सिद्धान्त र प्राथमिकता र प्रस्तुत गर्नका लागि प्रदेश सभाको बैठक डाकिएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठक भने बिहीबार बिहान नै बस्ने भएको छ ।

जेठ १५ गते दिनको १ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएकासम्मका लागि स्थगित भएको थियो । यसअघि प्रदेश सभाको बैठक जेठ ११ गते बसेको थियो । बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्न भनेर बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेस र विपक्षी दल राप्रपाका सांसद अनुपस्थित भएपछि ५ मिनेट बसेर स्थगित भएको थियो ।

सामान्य अवस्थामा बजेट पेस हुनुभन्दा १५ दिन अगावै बजेटको प्राथमिकता र सिद्धान्त सदनमा पेस गर्नुपर्ने हुन्छ । प्रदेशको बजेट असार १ गते ल्याउनुपर्ने प्रावधान छ । तर राजनीतिक उथलपुथलले प्रदेशको बजेट अलपत्र परेको छ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width