पोखरा फर्के सुरेन्द्र पाण्डे, कांग्रेस संसदीय दलको बैठक बस्दै

आदर्श समाज सम्वाददाता
जेठ १५, २०८१
nc parle member

फाइल तस्बिर

पोखरा । सर्वोच्च अदालतको आदेश आएसँगै कांग्रेसका सुरेन्द्रराज पाण्डे मंगलबार पोखरा फर्किएका छन् । सर्वोच्चले ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश दिएसँगै उनी मंगलबार बिहान पोखरा फर्केका हुन् ।

सरकार निर्माण र दलको आगामी कार्यदिशाबारे छलफल गर्न पाण्डेले आजै ३ बजे संसदीय दलको बैठक डाकेका छन् । बैठकमा पोखरामा उपस्थित २० भन्दा बढी सदस्य सहभागी हुनेछन् ।

३० दिन भित्र दलको पक्षमा बहुमत जुटाउने बारेमा समेत बैठकमा छलफल हुने बताइएको छ । तर १६८ को ३ अनुसार बन्ने कांग्रेस सरकारलाई बहुमत पुग्न भने कठीन छ । कांग्रेसको २७, स्वतन्त्र सांसद मनाङेको १ र राप्रपाको २ गर्दा ३० मत हुन्छ । नपुग्ने उहि १ मत हो ।

माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकाटाले अहिलेको अवस्थामा कांग्रेसलाई मत दिने देखिँदैन । माओवादी संसदीय दलको बैठकमा आउन छाडे पनि उनलाई ह्विप त्यहि तलकै लाग्छ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width