मेश्रम वराहलाई शिरसुवाको सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०८०
Sirsuba Help Photo

पोखरा । कास्कीको अन्नपूर्ण वडा नम्बर १० र ११ घान्द्रुकस्थित मेश्रमवराह माविमा आन्तरिक स्रोतबाट कक्षा ११ र १२ सञ्चालनमा छ । कि त कक्षा ८ सम्म झार्नुपर्ने नत्र १२ सम्म पढाउनुपर्ने भएपछि घान्द्रुकेहरू १२ सम्मै पढाउने गरी कस्सिए । धेरै विद्यार्थीहरू अन्यत्र जानुपर्ने भएपछि विभिन्न समिति बनाएर आर्थिक स्रोत जुटाएर कक्षा चलिरहेको छ ।

विदेश र नेपालकै पनि विभिन्न सहरमा बस्ने घान्द्रुकेहरूले समितिलाई सहयोग गर्दै आएका पनि छन् । मेश्रम माविमा कक्षा ११ र १२ सञ्चालनका लागि सबैको साथ सहयोगमा कक्षा सञ्चालन गर्न सफल भएको अर्थ संकलन उपसमितिका संयोजक कमल गुरुङले बताए । सोही क्रममा ब्रेज मेश्रों फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित गुरुङ कथानक चलचित्र शिरसुवा टिमले आइतबार २ लाख रुपैयाँ सहयोग गरेको छ ।

घान्द्रुकमा छायांकन गरिएको चलचित्र शिरसुवाको आम्दानीबाट २ लाख मेश्रम माविमा कक्षा ११ र १२ कक्षा सञ्चालनार्थ सहयोग गरिएको पोखरा प्रतिनिधि अमृत लामा गुरुङले बताए । उक्त चलचित्र काठमाडौं र पोखरामा प्रदर्शन भएपछि बेलायतमा ७ पटक प्रदर्शन भइसकेको छ ।

‘हामीले गाउँमा नै कक्षा ११ र १२ सञ्चालन गर्न सफल भएका छौं, कक्षा सञ्चालनमा सबैको साथ सहयोग अनिवार्य छ, गुरुङले भने, ‘घान्द्रुकमा छायांकन भएको चलचित्र शिरसुवाले पनि कक्षा सञ्चालनका सहयोगार्थ भनेर नै फिल्म तयार गरेको छ, हामी यसमा आभारी छौं ।’

चलचित्र शिरसुवाका निर्माण समूहले घान्द्रुुकमा रोधीं क्लबको भवन निर्माण गर्नका लागि ५ लाख रुपैयाँसमेत आर्थिक सहयोग गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width