बाच्छीबुडुवास्थित शिवालय मन्दिर पुनर्निर्माण

आदर्श समाज सम्वाददाता
फागुन २७, २०८०
pokhara 14 shiva

पोखरा । सेदी नदी कटानले जोखिम परेको पोखरा–१४, बाच्छीबुडुवास्थित शिवालय मन्दिर पुनर्निर्माण गरिएको छ । पुरानै मन्दिरको आडैमा बनाइएको नयाँ मन्दिरको शिवरात्रि अवसरमा गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले उद्घाटन गरे ।

सांसद केसीले सेतीले गरेको कटान र वृद्धाश्रमबारे आफूले संसद्मा आवाज उठाइरहेको र आगामी दिनमा पनि आफ्नो दायित्वबाट पछि नहट्ने बताए । ‘मेरो निर्वाचन क्षेत्रमा अरू वडा पनि पर्छन् । अरू ठाउँमा पनि मैले योगदान गर्नु मेरो दायित्व हो,’ सांसद केसीले भने, ‘आफू हुर्केखेलेको ठाउँ भएकाले मन्दिर र वृद्धाश्रमको मलाई माया छ ।’ उनले वृद्धाश्रमलाई व्यवस्थित बनाउन आफूले प्रदेश सरकारसँग माग गरेको र त्यसको फलोअप गर्ने सुनाए ।

बर्सेनि कटानको जोखिममा पर्दै आएको मन्दिर छेउको ग्याबिन १ वर्षअघि कटानले बगाएको थियो । त्यसपछि करिब १४ लाख ७० हजार रूपैयाँ लगानीमा नयाँ मन्दिर निर्माण गरिएको हो । सांसद केसीको पहलमा प्रदेश सरकारबाट ११ लाख ५० हजार रूपैयाँ र स्थानीयको जनश्रमदान ३ लाख १२ हजार रूपैयाँमा पुनर्निर्माण भएको हो ।

कार्यक्रममा पोखरा–१४ का वडाध्यक्ष बोधबहादुर कार्की, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोकर्ण कार्की, मन्दिर पुनर्निर्माण समिति अध्यक्ष गुञ्जबहादुर कार्की, स्थानीय कमलनयन गौतमलगायत उपस्थित थिए ।

कार्यक्रम सञ्चालन मन्दिर पुनर्निर्माण समिति सचिव रेशम जिसीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग