अग्रज लोक गायक तथा संस्कृतिकर्मी नारायण रायमाझीलाई अली मियाँ पुरस्कार

आदर्श समाज सम्वाददाता
फागुन १६, २०८०
2-narayan-rayamajhi-news

पोखरा । अली मियाँ लोक वाङ्मय सम्मान पुरस्कारबाट अग्रज लोक गायक तथा संस्कृतिकर्मी नारायण रायमाझी सम्मानित बनेका छन् । अली मियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराले मंगलबार आयोजना गरेको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सुरुभक्त, प्रतिषठानकी कार्यवाहक अध्यक्ष हरिदेवी कोइराला लगायतले रायमाझीलाई सम्मान गरे ।

लोककवि मियाँको १ सय ६ औं जन्म जयन्तीमा मंगलबार भएको समारोहमा रायमाझीलाई ५० हजार नगदसहित पुरस्कृत गरिएको हो । पुरस्कृत व्यक्तित्व रायमाझी ४ दशकदेखि नेपाली लोकगीत र लोकवाङ्मयको क्षेत्रमा क्रियाशील छन् । पाल्पामा जन्मिएर काठमाडौंमा बसोबास गर्ने रायमाझी चलचित्र निर्देशकसमेत हुन् ।

समारोहमा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति सरुभक्तले बहु प्रतिभाशाली गायक रायमाझीले सांस्कृतिका विभिन्न विधामा योगदान गरेको बताए । उनले गायक रायमाझीले संस्कृति क्षेत्र, गायन, संगीत र चलचित्र निर्देशनमा क्रियाशीलतासहित पछिल्लो पुस्तालाई मार्गदर्शनसमेत गरेको उल्लेख गरे । उनले पछिल्लो समय लोकगीतको क्षेत्रमा ग्रामीण परिवेशमा रहेका लोकगीतभन्दा ती भाकाबाट प्रभावित सिर्जना लोकप्रिय हुँदै गएको जनाए ।

लोक गायक रायमाझीले राजनीतिले समाज र समुदायलाई विभाजन गरेको अवस्थामा साहित्य संस्कृतिले जोड्ने गरेको अनुभव सुनाए । उनले गाउँमा लुकीलुकी संगीत क्षेत्रमा लाग्नुपरेका दिनहरुसमेत सम्झना गरे । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले स्रष्टाको जीवितै अवस्थामै सम्मान हुनुपर्ने बताए । उनले अहिलेको सन्दर्भमा लोक गीतको परिमार्जन आवश्यक भएको उल्लेख गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपानेले लोक गीतको मुल मर्मलाई बिर्गान नहुने बताए । उनले सुरुको स्वर अली मियाँको राखेर गीत रेकर्डिङ गरेर जीवन्त राख्ने प्रयास गरेको चर्चा गरे ।

कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक डा कुशुमाकर न्यौपाने, प्रतिष्ठानका सल्लाहकार कृष्णप्रसाद पौडेल, कल्याण शेरचन स्मृति प्रतिष्ठान पोखराका अध्यक्ष पूर्णबहादुर ह्योल्मो, पाल्पाली समाज पोखराका पूर्व अध्यक्ष चिरञ्जीवी श्रेष्ठ लगायतले लोक संस्कृतिका विविध पक्षबारे बोलेका थिए ।

कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति पद्मराज ढकाल, लोक कवि अली मियाँकी छोरी बसिरा खातुन र कर्णप्रिय संगीतालयका करण तामाङ लगायतका कलाकारले नारायण रायमाझी र अली मियाँका गीत प्रस्तुत गरेका थिए ।

यसअघि यो पुरस्कारबाट जनकविकेशरी धर्मराज थापा, हरिदेवी कोइराला, खिमबहादुर गन्धर्व, प्रमराजा महत, वमबहादुर कार्की, भेडीखर्के साइँला, चूडामणि बन्धु, मोतिलाल पराजुली, बाबुराम अधिकार, चेतन कार्की, डा जगमान गुरुङ सम्मानित भईसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width