मुख्यमन्त्रीद्वारा प्रदेश प्रहरी कार्यालय निरीक्षण

आदर्श समाज सम्वाददाता
फागुन १५, २०८०
cm police

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको समग्र शान्ति सुरक्षालाई थप मजबुद र विश्वसनीय बनाई जनमैत्री र नागरिक केन्द्रित प्रहरी सेवा प्रदान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयको स्थलगत अवलोकन तथा निरीक्षणका क्रममा मंगलबार उनले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन र सरकारबाट तोकिएका विभागीय नीति निर्देशन समेतलाई मध्यनजर राखी आआफ्नो जिम्मेवारी त्रुटिरहित तवरबाट सम्पादन गर्न निर्देश दिएका हुन् ।

निरीक्षणका क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका विभिन्न शाखाहरु, मातहतका सम्पूर्ण प्रहरी कार्यालयको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारी समेत लिएका थिए ।

उक्त अवसरमा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, सचिव तीर्थराज भट्टराई, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति थियो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विकासराज खनालले मुख्यमन्त्री पाण्डेको निर्देशनले आगामी दिनमा प्रहरी थप व्यावसायिक र ऊर्जावान हुने विश्वास व्यक्त गर्दै धन्यवाद् व्यक्त गरे ।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले स्वागत र प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको विषयमा प्रस्तुतिकरण गरे ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width