आसामी साहित्यकार नीता सम्मानित

आदर्श समाज सम्वाददाता
फागुन १५, २०८०
Mutu news

पोखरा । आसाम गोर्खा सम्मेलन कामरूपकी उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भारत असाम गुवाहाटी शाखाकी सचिव नीता गुरुङ भाटिया पोखरामा सम्मानित भएकी छन् । संघर्षमा कलमद्वारा आयोजित कार्यक्रममा सम्मानसँगै उनको मुक्तक संग्रह ‘मुटुदेखि मुटुसम्म’ लोकार्पण र तथा स्रष्टा साक्षात्कारसमेत गरिएको छ ।

कार्यक्रमका नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, क्रान्तिधरा साहित्य अकादमी मेरठ भारतका अध्यक्ष डा. विजय पण्डित, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाललगायतले भाटियालाई सम्मान र मुक्तक संग्रह लोकार्पण गरे ।

सरुभक्तले नेपाली साहित्यको श्रीवृद्धिमा घरदेश तथा परदेशमा क्रियाशील स्रष्टा साधकको योगदान अतुलनीय रहेको बताए । उनले मुक्तकको सहर पोखरामा नेपाली भाषी असामी साहित्यकारको कृति लोकार्पण हुनु गौरवको कुरा रहेको बताए ।

क्रान्तिधरा साहित्य अकादमी मेरठ भारतका अध्यक्ष डा. पण्डितले आफू बुद्ध, राम र भृकुटीको भूमिमा नेपाल–भारतको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन निरन्तर क्रियाशील रहेको बताए ।

उनले नेपाल–भारत साहित्य महोत्सव नै ‘मुटुदेखि मुटु’ सम्म पोखरा लोकार्पणको सेतु बनेर आएको दाबी गरे ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति बिखर्चीले स्रष्टा साधक सदा विष पिएर अमृत बगाउन तल्लीन रहेको बताए ।

पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पदमराज ढकालले नेपाली भाषी स्रष्टा साधकको कृति पोखरामा लोकार्पण हुनु आफैंमा गौरवको विषय भएको बताए ।

पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राडा दिलबहादुर क्षेत्रीले घरदेश र परदेशलाई जोड्ने सेतु नै भाषा साहित्य रहेको धारणा राखे ।

अनेसास गण्डकीका संस्थापक अध्यक्ष दुर्गाबहादुर शाह बाबाले स्रष्टा साधक जहाँको जसरी भेट भए पनि त्यसको कदरका लागि कञ्जुस्याइँ गर्न नहुने धारणा राखे ।

मुक्तक मञ्च पोखराका संस्थापक गोविन्द गिरीले पोखराको साहित्यिक श्रीवृद्धिमा विधागत र अन्य संस्थागत गतिविधिबाट आफू पुलकित भएको बताए ।

स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष असफल गौतमले आफूलाई स्रष्टा साधक ठान्नेहरूमा देखिने कुष्ठा, आत्मश्लाघा र अहम्ले वाङ्मयिक धरातल समृद्ध हुन नसक्ने जिकिर गरे ।

स्रष्टा नीता गुरुङ भाटियाले पोखरेलीले देखाएको सद्भाव र स्नेहले थप जिम्मेवारी बोधका साथ अगाडि बढ्न प्रेरणा मिलेको धारणा राखिन् ।

कार्यक्रममा अनेसास नेपाल च्याप्टर सदस्य ऋषभदेव घिमिरे, गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट, शिक्षासेवी शेरबहादुर गुरुङ, समाजसेवी क्याप्टेर एलपी गुरुङ, कृष्ण रानाभाट सारथिलगायतले नीताका साहित्यिक र सांगीतिक यात्राबारे चर्चा पारेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width