मानव अधिकार उल्लंघनबाट गण्डकीका ६११ जना पीडित

आदर्श समाज सम्वाददाता
फागुन १४, २०८०
situation of gandaki in 2023

पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २०८० फागुन ७ गते सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा मानव अधिकार उल्लंघनका घटना बढेका छन् । वर्ष पुस्तक २०२४ मा ६ सय ११ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा पीडित बनेका इन्सेक गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेलले बताए । उनकाअनुसार यो संख्या अघिल्लो वर्षको भन्दा निकै बढी संख्या हो । मानव अधिकार वर्ष पुस्तक २०२३ मा ५ सय ४१ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीमा पीडित बनेका थिए । गण्डकी प्रदेशमा राज्य पक्षबाट ५ जना र अन्य पक्षबाट ६ सय ६ जना गरी ६ सय ११ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको प्रमुख खकुरेलले बताए ।

इन्सेकले प्रकाशन गरेको यो वर्षको पुस्तकमा राज्य पक्षबाट ५ जना पुरुष र अन्य पक्षबाट ५ सय ४८ जना महिला र ६३ जना पुरुष पीडित भएको तथ्यांक देखिन्छ ।

‘गत वर्षको तुलनामा यस वर्ष संख्यात्मक हिसाबले राज्य पक्षबाट भएका घटनामा कमी आएको छ भने अन्य पक्षबाट भएका घटनामा वृद्धि भएको छ । यसका आधारमा पनि यस प्रदेशमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा गत वर्षको तुलनामा बढेको देखिन्छ,’ प्रमुख खकुरेलले भने, ‘यस वर्ष राज्य पक्षबाट भएका गिरफ्तारीका घटनामा ५ जना पुरुष पीडित भए भने अन्य पक्षबाट ५ जना पुरुष घाइते भए ।’

इन्सेकले कुटपिटमा ३ जना महिला र २२ जना पुरुष गरी २५ जना पीडित भएको अभिलेख वर्ष पुस्तकमा राखेको छ । धम्कीबाट १ जना महिला र ३ जना पुरुष गरी ४ जना पीडित भएको इन्सेकले सार्वजनिक गरेको पुस्तकमा छ । गण्डकीमा २८ जनाको हत्या भएको छ । जसमा १५ जना महिला र १३ जना पुरुष रहेको इन्सेकले अभिलेख गरेको हो । महिला अधिकारसम्बन्धी विभिन्न घटनामा ४ सय १६ जना महिला पीडित भएको इन्सेक वर्ष पुस्तकले देखाएको छ ।

बालअधिकार उल्लंघनका घटनामा १ सय १० जना बालिका र ५ जना बालक पीडित बनेको वर्ष पुस्तकमा देख्न सकिन्छ । बाल अधिकार उल्लंघनको तथ्यांक पीडित भएका बालिकाको तथ्यांक सबै बलात्कृत भएको तथ्यांक हो ।

यस वर्ष गण्डकी प्रदेशमा जातीय विभेदका घटनामा २ जना महिला र ५ जना पुरुष गरी ७ जना पीडित भएका छन् । जातीय विभेद अन्त्यका लागि काम गर्नुपर्ने संस्था स्थानीय सरकारका प्रतिनिधि नै जातीय विभेदका घटनामा संलग्न रहेको घटना वर्ष पुस्तकले देखाएको छ । अमानवीय व्यवहारबाट १ जना महिला र ८ जना पुरुष गरी ९ जना पीडित भए । यो वर्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारबाट ३ जना पुरुष पीडित भएको वर्ष पुस्तकमा छ ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबभन्दा बढी कास्की जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा भएको तथ्यांकले देखाएको छ । कास्कीमा १ सय ६४ जना पीडित भए भने मनाङ जिल्लामा यो वर्ष मानव अधिकार उल्लंघन तथा ज्यादतीका कुनै पनि घटना दर्ता नभएको वर्ष पुस्तकमा उल्लेख छ ।

स्वास्थ्य सर्वसुलभ नहुनुमा गण्डकीमा स्वास्थ संस्थामा निशुल्क बाँडिने औषधी, चिकित्सक तथा अस्पतालमा शड्ढयाको अभाव हुनु, डाक्टरहरु दरबन्दीका आधारमा न्यून रहनु, बर्थिङ सेन्टरहरूमा उपकरणको अभाव देखिनु, बालरोग तथा स्त्रीरोग विशेषज्ञ अधिकांश जिल्लामा नहुनु यस क्षेत्रमा भएका स्वास्थ्य सम्बन्धी समस्या रहेको खकुरेलले बताए ।

इन्सेकले प्रकाशन गरेको वर्ष पुस्तक २०२४ मा सन् २०२३ मा नेपालभरि ९ हजार ३ सय ८८ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको उल्लेख छ । त्यसमध्ये गण्डकी प्रदेश पाँचौैं स्थानमा रहेको खकुरेलले बताए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width