लुम्लेमा आगलागी

आदर्श समाज सम्वाददाता
फागुन १३, २०८०
lumle aago

पोखरा । अन्नपूर्ण गाउँपालिका–६, लुम्लेको भीरमा आगलागी भएको छ । आइतबार दिउँसो स्थानीय गुप्ते भीरबाट सुरु आगलागी यो समाचार तयार पर्दासम्म नियन्त्रणमा आउन सकेको छैन ।

गुप्ते भीर ढाँकेबाट कान्छी वराह जाने पैदल मार्गअन्तर्गत पर्दछ । करिब ३ बजेबाट सुरु उक्त आगलागीले साँझसम्म ४ हेक्टर बढी जंगल नष्ट गरिसकेको छ । आगलागी नियन्त्रणका लागि आइतबार सयौं स्थानीयवासी तथा नागडाँडा प्रहरी चौकी एवं नयाँपुल प्रहरी चौकीबाट जनशक्ति खटिएको भए पनि अप्ठ्रो भीरका कारण नियन्त्रणमा लिन नसकिएको वडाध्यक्ष एकदेव देवकोटाले बताए ।

आगो क्रमश गुप्ते भीरबाट पश्चिम चन्द्रकोटतर्फको क्षेत्रमा फैलिरहेको छ । जसबाट ढाँकेमा (गाउँको माथिल्लो भाग) रहेका आशामाया विक, मनबहादुर नेपाली, कुलबहादुर नेपाली, बाटुली नेपाली र च्यानमारे साइलीको घर केही जोखिममा परेका छन् । यद्यपि रातपरे पनि स्थानीयले त्यस क्षेत्रमा अग्नि रेखा निर्माण जारी राखेका छन् ।
आगलागी के कति कारण कसले लगायो हालसम्म खुल्न सकेको छैन । यद्यपि घाँस राम्रो पलाउने विश्वासले आगलागी गराइएको हुनसक्ने शंका गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width