हेमजा साहित्य प्रतिष्ठानमा स्रष्टा सम्मान

आदर्श समाज सम्वाददाता
फागुन १३, २०८०
Hemja News (4)

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले शनिबार स्रष्टा सम्मान, पुरस्कार वितरण तथा २४६ औं शुभप्रभात काव्यमाला एकै साथ गरी दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज आसाम भारतकी सचिव नीता गुरुङ भाटियाले हरेक सन्तान सदा सत् कर्ममा लाग्नुपर्नेमा जोड दिइन् । उनले आफूले गरेका सत् तथा असत् दुवै कर्मका पहिलो भागीदार बाबुआमा हुने भएकाले शिर उचो राख्ने काम गर्नुपर्नेमा जोड दिइन् । उनले स्रष्टा साधकलाई राष्ट्रका असल सन्तानका रूपमा चित्रित गरिन् ।

प्रतिष्ठानको रजत वर्ष सम्मानप्रति आभार व्यक्त गर्दै उनले उक्त सम्मान आफ्नो साहित्ययात्रामा अविस्मरणीय पहिचान बनेर बस्ने बताइन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर सदस्य दुर्गाबहादुर शाह बाबाले हेमजा हरेक क्षेत्रले पृथक पहिचान बोकेको स्थान भएको चर्चा गर्दै मातृभाषा दिवसका सन्दर्भमा यसरी नेपाली भाषी भारतीय साहित्यकारलाई हेमजामा बोलाएर मर्मअनुसार स्तुत्य कर्म गरेको बताए ।

स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले भाषा साहित्यको श्रीवृद्धिमा लाग्छौं भन्नेहरू कुष्ठा र अहमबाट माथि उठ्न नसक्दा साहित्यको श्रीवृद्धि असलीरूपमा हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले आसाम निवासी नेपालीभाषी साहित्यकारको हेमजा आगमनले प्रतिष्ठानका रजतवर्षका गतिविधिले थप उचाइ लिने बताए ।

कार्यक्रममा संस्थाका संस्थापक सचिव कोविदशरण उपाध्याय, उपाध्यक्ष सुनील गायक, सचिव परशुराम अधिकारीलगायतले मन्तव्य राखेका थिए ।

सोही समारोहबीच प्रतिष्ठानले १२२ औं सम जयन्तीको अवसरमा आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिताको पुरस्कासमेत अर्पण गरेको छ ।
उक्त प्रतियोगितामा केफ माविकी मुस्कान पोखरेल, धवलागिरि बोर्डिङका एलिस सुवेदी, अम्बिका माविका रोजी भण्डारी र धवलागिरि बोर्डिङ्की एलिना अधिकारीले क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गरेका थिए ।

प्रतियोगिता संयोजक भानुभक्त अविरलले विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटनका लागि प्रतिष्ठानले तत्स्थानीय शीर्षकसहितको निबन्ध लेखन प्रतियोगिता राखेको बताए । उनले प्रतियोगितामा विभिन्न विद्यालयका ११ जना विद्यार्थी सहभागी भएकामा अन्य विद्यार्थीलाई सहभागिता प्रोत्साहन पुरस्कारसमेत प्रदान गरिएको जानकारी दिए ।
कार्यक्रममा डा. अनील थापा, गंगा त्रिपाठी, षष्टिवल्लभ तिवारी, सौगात विक, संगम गायक, असीम गायकलगायतले रचनावाचन गरेका थिए । गण्डकी प्रज्ञा–प्रतिष्ठानको एक महिने सारंगी प्रशिक्षण प्राप्त विद्यार्थी भाइबहिनीबाट सारंगीमा राष्ट्रगानसहित कार्यक्रम शुभारम्भ गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width