पोखरामा गुञ्जिए १२ भाषाका रचना

आदर्श समाज सम्वाददाता
फागुन १३, २०८०
matri bhasa progrem photo

पोखरा । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा पोखरामा शनिबार एक कार्यक्रमका बीच १२ मातृभाषामा रचना गुञ्जिएका छन् ।

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा भएको गण्डकी प्रदेश स्तरीय बहुभाषिक काव्य गोष्ठीमा श्रष्ट्राहरुले आ–आफ्नो मातृभाषामा रचना वाचन गर्दै यस्तो भाषा जनसाधारणले बोल्ने उल्लेख गरे ।
उनीहरुले मातृभाषाको स्वाभाविकतालाई सुरक्षित राख्न सबैले आ–आफ्नो ठाउँबाट ध्यान दिनुपर्ने जनाउदै भाषाले नै संस्कृति निर्माणमा सहयोग पु¥याउने स्पष्ट पारे ।

त्यस अवसरमा लमजुङकी पवित्रा गुरुङ, स्याङ्जाका तेजबहादुर गुरुङ, म्यादीका हितमान छन्त्यालले आआफ्ना भाषामा रचना वाचन गरे । यसैगरी स्याङ्जाका टीकाराम वाग्लेले हिन्दी, तनहुँका धीरेन्द्र थापा तनहुँ र कास्कीकी फूलकुमारी थापाले मगर, लमजुङका दीपक समीपले नेवार, कास्कीका अफजल अलिमियाँले उर्दु भाषामा रचना वाचन गरे ।

त्यस्तैगरी नवलपरासीका परशुराम बरुष्टले भोजपुरी, लमजुङका डा.ईश्वरमणि अधिकारी, कल्याण पन्त, कास्कीका सुरज पौडेल, भूमिराज बास्ताकोटी, शिव त्रिपाठी कास्की, चन्द्रावती वाग्ले, पुष्प पंगालीले नेपाली, पर्वतको डा. जगन्नाथ रेग्मले संस्कृत, लमजुङका डा.नवराज न्यौपानेले अंग्रेजी भाषामा रचना पस्किए ।

गोष्ठी उद्घाटन गर्दै भाषा आयोगका सदस्य डा.पुष्करराज भट्टले समाज भाषा विज्ञानको वैज्ञानिक अध्ययनको पक्षमा आयोग रहेको बताए । उनले भाषिक समुदायको सहभागिता बढाउन आयोजकलाई सुझाव दिए ।
सुदुरपश्चिममा बोलिने भाषाहरु नेपालीका जननी भाषा रहेको दाबी गर्दै सदस्य भट्टले भाषा तथा जाति मार्फत् गरिने राजनीतिको भविष्य नरहेको औंल्याए ।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले मानव जीवनमा साहित्यको महत्व अधिक रहने चर्चा गर्दै पोखरा साहित्यीक उर्वर भूमि रहेको स्पष्ट पारे । उनले ऐन परिवर्तन गरी पोखरा प्रज्ञा प्रतिष्ठानलाई व्यवस्थित गर्नुपर्ने भन्दै रचना मार्फत पोखराको महिमा गान गरे ।

कार्यक्रमका बीच सहप्राध्यापक डा.यमनाथ तिमिल्सिनाले नेपाली भाषाको ऐतिहासिक सन्दर्भ तथा गण्डकी प्रदेशका भाषाहरुको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरे ।

कार्यपत्र मार्फत् उनले गण्डकी प्रदेशमा भारोपेली लगायत चार भाषा परिवारका वक्ता रहेको जनाउँदै यहाँ नेपाली भाषाका अतिरिक्त गुरुङ तथा मगरलाई प्रशासनिक कामकाजको भाषा बनाउन सकिने औंल्याए ।

एकल भाषापरिवारको कुसुन्डा भाषा लापोन्मुख रहेकोतर्फ सचेत गराउँदै सह प्राडा. तिमिल्सीनाले विभिन्न नाम दिएर नेपाली भाषाका वक्ताको संख्या घटाइएको र गण्डकीमा नाम नखुलेका अन्य भाषाको पनि उपस्थिति राम्रै रहेको औंल्याए । गुरुङ र मगरलाई सबल बनाउन घरपरिवारका सदस्यलाई भाषा बोल्न प्रेरित गर्ने, प्राथमिक तह हुँदै माथिसम्म पठनपाठनको व्यवस्था मिलाउने, व्याकरण, शब्दकोश र पाठ्यपुस्तकको व्यवस्था गर्नुपर्ने उनले सुझाए ।

उक्त अवसरमा आयोजक संस्थाका पूर्व सचिव डा.टीकाराम आचार्यको पूर्नसिर्जना नामक कृर्ति लोकार्पण भयो भने हालै विद्यावारिधि गरेका सदस्यहरुलाई सम्मान पनि गरियो ।

प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्माले सबैको साथ सहयोगबाट संस्थाले गतिविधि गर्दै आइरहेको छ भन्दै आगामी दिनहरुमा अझ बढी क्रियाशील हुने प्रतिबद्वता जनाए । प्रतिष्ठानका अध्यक्ष शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रम सहसचिव मदनप्रसाद बरालले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width