अक्सफोर्ड फेयरमा विद्यार्थीका प्रतिभा

आदर्श समाज सम्वाददाता
फागुन १२, २०८०
Oxford prizes

पोखरा । पोखरा १३ बाँझापाटनस्थित अक्सफोर्ड स्कुलले आयोजना गरेको अक्सफोर्ड फेयर २०८० सम्पन्न भएको छ । अक्सफोर्ड फेयरअन्तर्गत विद्यार्थीले सांस्कृतिक प्रस्तुति, विज्ञान प्रदर्शनी र फुड स्टलमार्फत् आफ्ना प्रतिभा र क्षमता प्रस्तुत गरे । यसैबीच शैक्षिक सत्र २०७९ को कक्षा नर्सरीदेखि ९ सम्मका शैक्षिक पुरस्कार वितरण गरिएको थियो भने एइई ब्याच २०७९ का विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

विद्यालयका अध्यक्ष, प्रिन्सिपल, भाइसप्रिन्सिपल, प्रशासकलगायतले पुरस्कार र मायाको चिनो वितरण गरेका थिए ।
विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतितर्फ गीत, नृत्य र छन्द कवितावाचन गरेका थिए । विज्ञान प्रदर्शनीमा विभिन्न खालका विज्ञानका सामग्री तयार पारेका थिए ।

विद्यालयमा विद्यालयले आयोजना गरेका कार्यक्रममा विभिन्न संस्थाका प्रमुखलाई बोलाएर पट्यारलाग्दो भाषण सुनाउने प्रवृत्ति पूर्णरुपमा हटाउनुपर्छ भन्ने उद्देश्यले विद्यार्थीका प्रतिभालाई स्थान दिने गरी अक्सफोर्ड फेयर गरिएको विद्यालयका प्रिन्सिपल प्रेमराज अधिकारीले बताए । उनले भने, ‘विद्यार्थीको कार्यक्रम हो, हामीले विद्यार्थीलाई व्यावहारिक सिप दिन अक्सफोर्ड फेयर आयोजना गरेका हौं ।’
विद्यालयका प्रशासक भूमिराज अधिकारीले अक्सफोर्ड फेयरले विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन गर्न महŒवपूर्ण भूमिका खेलेको बताए । उनले भने, ‘फेयरबाट विद्यार्थी पनि, अभिभावक पनि खुसी भएको पायौं । एन प्याब्सन कास्कीले आयोजना गरेको बृहत् प्रतिभा प्रस्फुटन कार्यक्रममा अक्सफोर्ड स्कुल विज्ञान प्रदर्शनीमा द्वितीय र छन्द कवितावाचनमा तृतीय स्थान हासिल गर्न सफल भएको थियो । विद्यार्थीमा लुकेर रहेको प्रतिभा बाहिर निकाल्न अक्सफोर्ड फेयर गरेका हौं ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा दिनभर सांस्कृतिक प्रस्तुतिले अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारीको मन तानिरह्यो ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width