माउन्ट अन्नपूर्णको ४५ औं अभिभावक दिवस

आदर्श समाज सम्वाददाता
फागुन १२, २०८०
Mt school photo

पोखरा । माउण्ट अन्नपूर्ण माविमा ४५ औं अभिभावक दिवस मनाइएको छ । पर्यटन व्यवसायी, कर्ण सकारात्मक सोचका संस्थापक तथा लेखक कर्ण शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा प्रि नर्सरी देखि १२ सम्मका विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रका साथै एकाङ्कीसमेत प्रस्तुत गरेका थिए ।
विद्यालयले नियमित प्रशिक्षण गराउने ताइक्वाँडो खेलको परिस्कृत डेमो पनि विद्यार्थी खेलाडीले प्रस्तुत गरेका थिए । अबाकसको सहायताबाट कसरी ठूलाठूला जोड घटाउलाई व्यावहारिक रुपमा सहजै प्रयोग गर्न सकिन्छ भनेर ससाना कक्षाका विद्यार्थीले रमाइलो पाराले प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि कर्ण शाक्यले अन्नपूर्ण यस क्षेत्रकै पहिलो निजी विद्यालय भएको कारण अभिभावकको अपेक्षा ठूलो हुन सक्ने बताए ।
प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले माउन्ट अन्न्पूर्ण विद्यालयले शैक्षिक क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरे । विद्यालयका प्राचार्य सइन्द्र श्रेष्ठले वार्षिक प्रतिवेदनसहित आगामी दिनहरुमा विद्यालयको लक्ष्यबमोजिम शैक्षिक गुणस्तरलाई अझ व्यावहारिक बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।
विद्यालयका शिक्षा डाइरेक्टर अशोक शाहीले स्वागत मन्तव्य राखेका थिए भने कक्षा ९ की छात्रा रिसिका गुरुङले अभिभावकको भूमिकाबारे चर्चा गरिन् ।
कार्यक्रममा १५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज प्रकाश प्रधानांगले विद्यालयलाई हरेक तह र तप्काको पहुँचमा राखेर युग सुहाउँदो शिक्षण पद्धति विद्यालयले अपनाउने बताए । कार्यक्रम सञ्चालन शिक्षिका लक्ष्मी थापाले गरेकी थिइन् ।
कार्यक्रममा होटेल म्यानेजमेन्ट कक्षा १२ का विद्यार्थीले विभिन्न खानाका परिकारका फुड स्टल पनि राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width