नारायण रायमाझीलाई अलीमियाँ सम्मान

आदर्श समाज सम्वाददाता
फागुन १२, २०८०
narayan-rayamajhi

पोखरा । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानद्वारा स्थापित अलीमियाँ लोकवाङ्मय सम्मान पुरस्कार लोक गायक तथा संस्कृतिकर्मी नारायण रायमाझीलाई प्रदान गरिने भएको छ ।

लोककवि अलीमियाँको १०६ औं जन्मजयन्ती समारोहका सन्दर्भमा फागुन १५ गते एक विशेष समारोहबीच रायमाझीलाई पुरस्कार अर्पण गरिने छ ।

पुरस्कारको राशि ५० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ । विगत ४ दशकभन्दा अघिदेखि लोकवाङ्मयमार्फत् लोकसाहित्यमा विशेष योगदान गर्नुका साथै नेपाली फिल्ममा समेत लोकगीतलाई समावेश गरी नेपाली संस्कृतिको उन्नयनमा रायमाझीको उल्लेखनीय भूमिका रहेको छ ।

यसअघि उक्त पुरस्कारबाट जनकविकेशरी धर्मराज थापा, लोकगायिका हरिदेवी कोइराला, खिमबहादुर गन्धर्व, प्रेमराज महत, बमबहादुर कार्की, भेडीखर्के साइँला, चूडामणि बन्धु, मोतीलाल पराजुली, डा. बाबुराम अधिकारी, चेतन कार्की, डा. जगमान गुरुङ सम्मानित भइसकेका छन् ।

यस वर्ष प्रदान गरिने पुरस्कारका लागि प्राडा. कुसुमाकर न्यौपानेको संयोजकत्वमा रामबहादुर कोइराला र लोकचन्द्र खनाल सदस्य रहेको प्रतिभा चयन उपसमितिले सिफारिस गरेबमोजिम फागुन ११ गते शुक्रबार बसेको कार्यसमितिको बैठकले रायमाझीलाई सम्मान गर्ने निर्णय गरेको अलीमियाँ लोकवाङ्मय प्रतिष्ठानका सचिव पदमराज ढकालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width