केदारेश्वर विद्याश्रमको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १, २०८०
kadarashowor gurukul

पोखरा ।  पोखरा–६, बैदामस्थित केदारेश्वर वैदिक गुरुकुल विद्याश्रमको प्रथम वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सुरु भएको छ ।

वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले संस्कारयुक्त शिक्षामा जोड दिँदै त्यसमा गुरुकुल विद्याश्रमको महŒवपूर्ण भूमिका रहने औँल्याए । उनले संस्कृत भाषा तथा व्याकरणको महŒव दिनप्रतिदिन बढ्दै गइरहेको चर्चासमेत गरे ।

पीठाधीश स्वामी चिद्धन चैतन्यले धर्म संस्कारको संरक्षण गर्नुपर्ने धारणा राख्दै संस्कृति रहे मात्रै मानव जीवन मूल्यवान् बन्ने स्पष्ट पारे ।

प्रधानाचार्य गणेश पौडेलले गुरुकुल सञ्चालनका अनुभव सुनाए । उनले विद्याश्रमअन्तर्गत हाल कक्षा ६ देखि १२ सम्म सञ्चालन रहेकोमा कुल ७५ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए ।

कार्यक्रममा विद्यार्थीहरूबीच ४ सदनमा क्रिकेट तथा भलिबल प्रतियोगिता भए । क्रिकेटतर्फ केदारनाथ सदनलाई हराउँदै पशुपति सदनले जित निकाल्यो । त्यस्तै भलिबलतर्फ पशुपति र केदारनाथ सदन विजयी भए ।

पीठाधीश स्वामी चिद्धनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक दिव्यराज अधिकारीले स्वागत तथा विद्यार्थी अर्जुन खतिवडाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width