राष्ट्रिय लोक-संस्कृति पुरस्कार डा. खनाललाई

आदर्श समाज सम्वाददाता
माघ २८, २०८०
tulasi

पोखरा ।  ऐतिहासिक कैलाली जनपुस्तकालय धनगढीले प्रदान गर्ने सावित्री- कमल राष्ट्रिय लोकसंस्कृति पुरस्कार २०८० पोखराका साहित्यकार तथा संस्कृतिविद् डा.तुलसीराम खनाललाई प्रदान गरिने भएको छ।

कैलाली जनपुस्तकालय धनगढीको सनिबार धनगढीमा सम्पन्न सञ्चालक समितिको बैठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा सो निर्णय गरेको हो।
पुस्तकालयको ६७ औ वार्षिकोत्सवका अवसरमा आगामी फागुन सात गते आयोजना हुने समारोहमा सो पुरस्कारबाट डा.खनाललाई सम्मानित गरिने कैलाली जनपुस्तकालयका अध्यक्ष तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले बताए।

समाजसेवी साबित्री साहू र उहाँका पति कमलसिंह साहूले अक्षयकोष स्थापना गरि उक्त पुरस्कारको स्थापना गरेका हुन्। पुरस्कारको राशि नगद, दोसल्ला र अभिनन्दनपत्र रहेको छ।

लोकसंस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई राष्ट्रिय स्तरमा सो पुरस्कारबाट सम्मानित गरिदै आएको अध्यक्ष डा.जोशीले बताए। पुरस्कृत हुने प्रतिभा डा. खनालले लोकगीतमा विद्यावारिधि गर्नुका साथै लोकसंस्कृतिको खोज, अनुसन्धान तथा अन्वेषणमा लामोसमयदेखि विशेष योगदान पुर्याउदै आएका छन्।

उनले नेपालका १०० भन्दा बढी जातजातिका जातीय संस्कृतिको अनुसन्धान गरेर सांस्कृतिक प्रोफाइल तयार गरेका छन् । डा. खनालले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड तथा विभिन्न स्थानीय तहहरूसङ्गको सहकार्यमा अनुसन्धानको काम गरिरहेका छन् । यसका साथै स्थानीय तहका पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा पनि उनको निरन्तर सक्रियता रही आएको छ ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width