दीपक समीपको लघुकथा संग्रह ‘नदीको राजमार्ग’ गृहविमोचन

आदर्श समाज सम्वाददाता
माघ २७, २०८०
nadiko rajmarga

पोखरा । साहित्यकार दीपक समीपको लघुकथा संग्रह ‘नदीको राजमार्ग’ शनिबार पोखरामा गृहविमोचन भयो ।

पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको समारोहमा संगीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठसहित संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, साहित्यकार उषा शेरचन, सरस्वती प्रतीक्षा, वरिष्ठ लोकगायिका एवं साहित्यकार हरिदेवी कोइराला, नेपाली लेखक संघ गण्डकी अध्यक्ष डा. ईश्वरमणि अधिकारी, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल र स्रष्टा दीपक समीपले संयुक्त विमोचन गरे ।

समारोहमा सरुभक्तले कुनै पनि कृति छोटो हुँदैमा राम्रा र लामो हुँदैमा विकृत हुने नभइ त्यसले दिने सन्देशले ठूलो महत्व राख्ने बताए । उनले स्रष्टा समीपलाई शुभकामना दिंदै उनलाई धेरै सोचविचार गरेर लेख्ने साहित्यकार भनी चिनाए । पोखरामा पछिल्लो समय लघुकथाका गतिविधि बढ्दै गएकोमा समेत उनले खुसी व्यक्त गरे ।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले समीपका कथाहरू काब्यात्मक रहेको बताए । साथै उनले समीपका कथामा शब्दमात्र कम भए पनि भाव बढी हुने जनाए ।

कार्यक्रममा वरिष्ठ लोकगायिका एवं साहित्यकार हरिदेवी कोइराला, साहित्यकार उषा शेरचन, लघुकथा प्रतिष्ठान पोखराका अध्यक्ष लक्ष्मण थापा, प्रकाशक पेज टर्नरतर्फबाट जयराम तिमिल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कृतिको समीक्षा गर्दै साहित्यकार डा.ईश्वरमणि अधिकारी र सरस्वती प्रतीक्षाले कृति पठनीय भएको बताए ।
जीवनसागर भण्डारीले स्रष्टा परिचय दिए ।

गत साता काठमाडौंमा विमोचित ‘नदीको राजमार्ग’ मा ८२ लघुकथा संग्रहित छन् ।

स्रष्टा समीपले स्कुलेजीवनबाटै लघुकथा, कविता, गजल, मुक्तक लगायत लेख्न थालेको बताए । उनले पुराना र नयाँ कथाहरू संकलन गरेर लघुकथा संग्रह प्रकाशन गरेको बताए ।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाली लेखक संघ कास्की अध्यक्ष एवं आयोजक परिवारकी उपाध्यक्ष रीता अधिकारीले गरेकी थिइन् ।

समीपका यसअघि ‘भूगोलभित्र नकोरिएको देश’ गजल संग्रह र ‘अक्षर अक्षरमा देश’ मुक्तक संग्रह प्रकाशित भइसकेका छन् ।
२०५४ र ५५ मा राष्ट्रव्यापी लघुकथाकार पुरस्कारबाट पुरस्कृत उनी विभिन्न संघसंस्थाबाट एक दर्जनभन्दा बढी सम्मान तथा पुरस्कार पाइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width