हरिहरको ‘कखरा’ माथि चर्चा

आदर्श समाज सम्वाददाता
माघ २७, २०८०
random news

पोखरा ।  र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा गरेको छ ।

साहित्यकार हरिहर तिमिल्सिनाको शैक्षिक उपन्यास ‘कखरा’ माथि परिचर्चा गर्दै सोसाइटीकै पुस्तक छनोट समिति सदस्य हसिना बस्नेतले उपन्यास शिक्षक, विद्यार्थी र अभिभावकले पढ्नैपर्ने कृति भएको धारणा राखिन् । ‘नेपाली साहित्यमा किशोरावस्थाका बालबालिकाको मनोविज्ञानको अध्ययन गरी एकदम थोरै पुस्तक लेखिएका छन्,’ बस्नेतले भनिन्, ‘एक आदर्श विद्यालयको परिकल्पना र योजना प्रस्तुत गरिएको यो किताबलाई शिक्षाका नीति निर्माणकर्ता, हरेक अभिभावक, शिक्षक, सञ्चालक सबै सबैले पढ्नैपर्ने पुस्तकको सूचीमा राख्न सकिन्छ ।’

उपन्यासकार तिमिल्सिनाले सबैभन्दा बढी पढ्नुपर्ने वर्ग शिक्षक भएकोमा जोड दिँदै उनीहरूले पढे मात्र विद्यार्थीमा पढ्ने बानी बसाल्न सकिने धारणा राखे । ‘सिकाउनेले पढौं’ अभियानसमेत सञ्चालन गर्दै आएका तिमिल्सिनाले ‘एजुकेसन’ भन्दा ‘स्कुलिङ’ हावी भएको बताए । देशभित्र र बाहिरका विभिन्न विद्यालय घुमेको अनुभव सुनाउँदै उनले बालबालिका इमानदार हुने भएकाले उनीहरूलाई पठन संस्कृतिसँग जोड्न सक्दा शैक्षिक र सामाजिक विकास हुन सक्ने बताए । आफूले किताबमा गरेको आदर्श विद्यालयको परिकल्पना नेपालमै पनि साकार हुँदै गएकोमा उनले खुसी व्यक्त गरे । हामीले परम्परागत रूपमा पढाउँदै आएका पाठ्यपुस्तकले संसारमा १० प्रतिशत मात्रै व्यावहारिक जीवनमा काम गरेको तथ्य भेटिएको बताउँदै बालबालिकालाई स्वतन्त्र पढाइमा आकर्षित गर्नुपर्नेमा तिमिल्सिनाको जोड थियो ।

सोसाइटी अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कवि रमेश श्रेष्ठ, ध्रुव केसी, कृष्ण केसी, ईशा शाह, रीता अधिकारी ‘ऋतु’, सुरेश लम्साल, गीता लामिछाने, जीवनसागर भण्डारी, डा. भूमिराज बस्ताकोटी, सुरज पौडेल, लोचना अधिकारी, गीता तिवारी, धर्मेश जैसवाल, भीम न्यौपाने लगातयले टिप्पणी गरेका थिए । कार्यक्रम सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै विषय वा पुस्तकमाथि बौद्धिक बहस सञ्चालन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • आसामी साहित्यकार नीता सम्मानित

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । आसाम गोर्खा सम्मेलन कामरूपकी उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भारत असाम गुवाहाटी शाखाकी सचिव नीता गुरुङ भाटिया…
  • हेमजा साहित्य प्रतिष्ठानमा स्रष्टा सम्मान

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शनिबार स्रष्टा…
  • गजल सन्ध्या पोखरामा मन क्षेत्री

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । नेपाली गजलको उन्नयन र विकासका लागि विभिन्न गतिविधि गर्दै आएको गजल सन्ध्या पोखरा नेपालको नयाँ नेतृत्व चयन भएको…
  • पोखरामा गुञ्जिए १२ भाषाका रचना

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा पोखरामा शनिबार एक कार्यक्रमका बीच १२ मातृभाषामा रचना गुञ्जिएका छन् । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान…
  • नारायण रायमाझीलाई अलीमियाँ सम्मान

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानद्वारा स्थापित अलीमियाँ लोकवाङ्मय सम्मान पुरस्कार लोक गायक तथा संस्कृतिकर्मी नारायण रायमाझीलाई प्रदान गरिने…

hero news full width