कुमार बस्नेतलाई श्रष्टा सम्मान

आदर्श समाज सम्वाददाता
माघ २५, २०८०
kumar basnet

पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोकगायक कुमार बस्नेतलाई श्रष्टा सम्मान अर्पण गरेको छ ।

कल्याण शेरचनको १३ औं स्मृति दिवस सन्दर्भ पारेर बुधबार आयोजित समारोहमा वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, प्रतिष्ठान अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मो, प्रतिष्ठान प्रमुख संरक्षक शर्मिला शेरचन, संरक्षक नरबहादुर शेरचन लगायतले ३३ हजार नगदसहित सम्मान अर्पण गरेका हुन् ।

चेतन कार्की नवप्रतिभा प्रोत्साहन सम्मान पुरस्कार राजन कार्कीलाई अर्पण ग¥यो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी अध्यक्ष कार्कीलाई नगद ११ हजारसहित पुरस्कृत गरिएको हो ।

सम्मानित बस्नेतले पोखरासँगको साइनो पुरानो भएको सुनाए । पोखरालाई सांस्कृतिक केन्द्र बनाउनुपर्छ भनी पहिलेदेखि नै आवाज उठाउँदै आएकोसमेत उनले खुलाए । डाँफे कलामन्दिरको प्रतिनिधित्व गरेर दार्जलिङ सिक्किममा गएर प्रस्तुति राख्दा पाएको तारिफ अझै ताजै रहेको उनले स्मरण गरे । बस्नेतका ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, ‘छोरी भन्दा आमा तरुनी’ लगायतका चर्चित गीत छन् ।

प्रमुख अतिथ डा.जगमान गुरुङले कल्याण शेरचनले अम्मरसिंह मावि पढ्दाका दिनको स्मरण गरे । शेरचन बहुमुखी प्रतिभाको व्यक्ति भएको भन्दै नाँच्न–गाउनमा मात्र नभएर खेलमा समेत अब्बल रहेको सुनाए ।

प्रतिष्ठान अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठान कुलपति बिखर्ची, लोकगायिका हरिदेवी कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, प्रतिष्ठान उपाध्यक्ष श्रीजंग गुरुङ, सचिव जीवन दाहाल लगायतले बोलेका थिए ।

कार्यक्रममा कलाकारले कल्याण शेरचनले सिर्जना गरेका गीतसमेत सुनाएका थिए ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width