छोरेपाटनमा निशुल्क स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
पौष २२, २०८०
rotary news (2)

पोखरा । रोटरी क्लब अफ गण्डकीको आयोजनामा शनिबार पोखराको छोरेपाटनमा निशुल्क स्वास्थ्य शिविर भएको छ । शिविरमा ३ सय १२ जनाले स्वास्थ्य जाँच गराएका छन् । शिविरमा नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कास्की र लाइफकेयर डाइनोस्टिक एण्ड रिसर्च सेन्टर प्रालिले प्राविधिक सहयोग गरेका थिए ।
क्लबका अध्यक्ष किसान सुनारले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । ‘रोटरी क्लबले सामाजिक उत्तरदायित्वमा रहेर काम गर्दै आएको छ, मेरो कार्यकालमा पनि सामाजिक उत्तरदायित्वमा रहेने नै काम गर्ने प्रतिवद्धता गरेको छु’, सुनारले भने, ‘आजको स्वास्थ्य शिविर आर्थिक अवस्था कमजोर भएका स्थानीयहरुलाई मध्यनजर गरेर सञ्चालन गरेका छौं ।’
उनका अनुसार निशुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नसा सम्बन्धी, स्वासप्रस्वास, स्त्री तथा प्रसूती रोग, पेट सम्बन्धी रोग र गुदद्वार सम्बन्धी रोगको निशुल्क जाँच तथा औषधी वितरण गरिएको थियो । शिविर उद्घाटन रोटरी डिस्ट्रिक ३२९२ का पूर्व गभर्नर किरणलाल श्रेष्ठले गरेका थिए । पोखरा महानगरपालिका–१७ वडा कार्यालय, वाराही टोल सुधार समिति र पुल्चोक टोल सुधार समितिको स्थानीय व्यवस्थापनमा स्वास्थ्य शिविर भएको हो ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width